समाजलाई बालविवाह मुक्त गराउन वर्तमान कानुन नै प्रभावकारी छ, कार्यान्वयन गरौँ : उपसभामुख दनुवार « Khabarhub

समाजलाई बालविवाह मुक्त गराउन वर्तमान कानुन नै प्रभावकारी छ, कार्यान्वयन गरौँ : उपसभामुख दनुवार


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले समाजलाई बालविवाह मुक्त गराउन वर्तमान कानुन नै प्रभावकारी रहेकाले यसलाई कार्यान्वयन गर्न जरुरी रहेको बताएकी छन् । 

आइतबार विराटनगरमा आयोजना गरिएको बालविवाह सम्बन्धी राष्ट्रिय जाँचबुझ परामर्श कार्यक्रममा बोल्दै उपसभामुख दनुवारले बालविवाह मुक्त गराउन विद्यमान कानून कार्यान्वयनमा देखिएका समस्या र बाधकका रुपमा रहेका पक्षहरूलाई गहन रुपमा ध्यान दिनुपर्ने समेत बताइन् । उनले बालविवाह अन्त्यका लागि सामाजिक सचेतना पनि उत्तिकै आवश्यक रहेको बताइन् । 

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले आयोजना गरेको सो कार्यक्रममा बालविवाहका कारण बालबालिकाहरूमा शारीरिक, मानसिक र मनोवैज्ञानिक प्रभाव पर्ने भएकाले सम्बन्धित सरकारले चासो र चिन्ता लिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । 

नेपाल सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ । पछिल्लो एक वर्षमा तराई मधेश र कर्णाली प्रदेशमा १८ वर्षमुनीका ५० प्रतिशत किशोरीहरूको बालविवाह भएको तथ्यांक रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ०६ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई