सिरहामा थपिए ११ हजार ४३७ मतदाता « Khabarhub

सिरहामा थपिए ११ हजार ४३७ मतदाता


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन् ।  पछिल्लो पटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी समय निर्धारण गरेपछि गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो । 

जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख गणपैत यादवका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट नौ हजार १३७ र राष्ट्रिय परिचयपत्रको माध्यमबाट दुई हजार २९० जनाले नाम दर्ता गराएका हुन् । यो सहित अब जिल्लामा मतदाताको सङ्ख्या चार लाख ४३ हजार ४० पुगेको छ । 

पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुट्याउनलाई भने केही समय लाग्ने निमित्त प्रमुख यादवले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : १३ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय