बालबालिकाका समाचारलाई प्राथमिकता दिन सञ्चारमाध्यमलाई आग्रह « Khabarhub

बालबालिकाका समाचारलाई प्राथमिकता दिन सञ्चारमाध्यमलाई आग्रह


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – बालबालिकाको सरोकारका विषयलाई प्राथमिकतामा राख्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । बालबालिका र सञ्चार समूहले आज यहाँ आयोजना गरेको बाल अधिकारसम्बन्धी अन्तरक्रियाका सहभागीहरूले बालबालिकासम्बन्धी महत्त्वपूर्ण विषयवस्तु पनि मिडियामा उजागर नहुँदा न्यायको आवाज प्रभावित हुने गरेको बताए ।

पछिल्लो समय सूचना प्रविधिको पहुँचका कारण सामाजिक सञ्जालको दुरुपयोगले बालबालिका जोखिममा परेको भन्दै यसबारे बालबालिका र अभिभावकलाई सचेत गर्नुपर्ने पनि सहभागीको जोड थियो ।

कार्यक्रममा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका ९सिविस० की विमला ज्ञवालीले बालबालिकाले विभिन्न नयाँ समस्या थपिँदै आएको बताउँदै सामाजिक सञ्जालको दुरुपयोगले शारीरिक र मानसिक समस्या थपिँदै गएको बताए । उनले बालबालिकासम्बन्धी धेरै विषयवस्तु समाचार माध्यममा उठान नभएको गुनासो गर्दै प्राथमिकतामा राख्न आग्रह गरे ।

कार्यक्रममा सञ्चारकर्मी रमेश गिरीले बालश्रम, बाल यौन दुव्र्यवहारको अवस्था र बालबालिकाको सहभागिताका सवालमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सञ्चार माध्यमले बालबालिकाको जोखिमका विषयलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्न सके सचेतनामा योगदान पुग्ने बताए ।

कार्यक्रममा सञ्चार समूहका संयोजक गोविन्द खड्काले बालबालिकाका प्रमुख सवालबारे कार्यपत्र प्रस्तुत गर्दै बालबालिकाको अवस्था, सरकारी तथ्याङ्क र बालबालिकाको भविष्य निर्धारणमा मिडियाको भूमिकाबारे चर्चा गरे ।

कार्यक्रममा सिविसका परियोजना संयोजक उमङ्ग मैनालीले बालश्रम, जोखिममा रहेका बालबालिका, उनीहरूको शिक्षा, स्वास्थ्यको सवाल, उद्धार गरिएका बालबालिका, कानुनी सहायता, अभिभावकको जीविकोपार्जनलगायत विषय उठान गर्न सके समस्या समाधानमा राज्यलाई दबाब पुग्ने बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ९ : ३४ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती