आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर २३ तारिख । पौष शुक्ल पक्षको तृतीया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । शिक्षामा जोस र जाँगर बढ्नेछ । आम्दानी बढ्नेछ । साना कुरामा तर्क गर्ने बानीले अप्ठेरो परिस्थितिको सिर्जना हुने भएकाले थोरै बोल्नु फाइदा हुनेछ । बोल्दा सचेत बन्नुपर्ने दिन छ ।

वृष : दिन राम्रो छ । शिक्षामा गरेको लगानी सार्थक बन्नेछ । राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ । लगानी गरेर इज्जत राख्ने दिन छ । प्रतिकार गरेर बोल्ने बानीले अप्ठेरो परिस्थितिको सिर्जना हुनसक्छ । परिवारमा भने कर्तव्य पूरा गर्नु उचित हुनेछ ।

मिथुन : साना कुराले मन अशान्त बन्नेछ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा हरेक कुरामा संकट झेल्नुपर्ने देखिन्छ । परिवारको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : सोचेको काम बन्नेछ । राज्यको सेवामा भए महत्तवपूर्ण काम बन्नेछ । प्रतिकार गर्ने बानीले घाटा हुनेछ । दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ । परेवालाई दाना मात्र दिएमा काम बन्नेछ ।

सिंह : दिन सामान्य राम्रो छ । साथीभाइले प्रयोग गर्न खोज्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ । स्वदेशमा विकल्प देखेर खुशी हुने दिन छ । परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : सोचेको काम बन्नेछ । साथीभाइ र आफन्तको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासले हौसला थपिनेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

तुला : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती भए पनि घाटा नहुने भएकाले यो क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ । विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्ने योग छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

वृश्चिक : आम्दानीका दृष्टिले दिन राम्रो छ । दाजुभाइसँग गरेको सहकार्यले फाइदा हुनेछ । साना कुरामा नअल्झिनु राम्रो हुनेछ । तर्क गर्नाले मन अशान्त हुनेछ । शिक्षाको क्षेत्रमा तपाईंको प्रयास सफल भए पनि स्वास्थ्यमा भने ख्याल गर्नुपर्नेछ ।

धनु : दिन राम्रो छ । साथीको साथ र प्रशंसा प्राप्त हुने योग छ । थोरै लगानी गरेर सम्पत्ति आर्जन हुनेछ । घुमफिरको योजना बन्न सक्छ । राज्यको तर्फबाट तपाईंलाई हेर्ने नजर राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछन् । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मकर : तपाईंले कला र गलाको प्रदर्शन गर्ने दिन हो । लगानीका क्षेत्र बलिया भएकाले लगानी गर्ने हिम्मत गर्नुपर्ने समय आएको छ । धार्मिक घुमघामको तय हुनाले मन शान्त बन्नेछ ।

कुम्भ : साना कुराले मनमा झन्झट थप्नेछ । बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ । सञ्चित धन खर्च हुनेछ । शिक्षामा मिहिनेत गरेमा सफलता मिल्नेछ ।

मीन : मन शान्त बन्नेछ । उपचारमा भए स्वास्थ्यमा लाभ मिल्नेछ । शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । हरेक काममा मिहिनेत गर्नुपर्नेछ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : १३ बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति