अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र « Khabarhub

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको एक प्रकारको अमेरिकी भिसा लिएका र चाडपर्वको मौसममा स्वदेश फर्किएका हजारौँ भारतीय व्यवसायी अमेरिका उड्न पाएका छैनन्। श्रम अनुमतिका लागि भिसा नवीकरणका लागि अन्तर्वार्ता १२ महिना वा त्योभन्दा बढी समयसम्म स्थगित गरेका कारण काममा फर्किन असमर्थ बनेका हुन्।

मिडिया रिपोर्टका अनुसार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास र विशेष गरी चेन्नई र हैदराबाद लगायतक धेरै शहरका वाणिज्य दूतावासहरूले यस्ता अन्तर्वार्ताहरूका लागि ‘एक्कासी पुनःतालिका’ बनाइ ढिलो गरेका कारण उनीहरू काममा फर्किन नसककेका हुन्।

“विदेश मन्त्रालयले नियमित रूपमा संसाधनको उपलब्धतासँग मेल खाने आवश्यकताअनुसार वार्ताको तालिका परिवर्तन गर्दछ। हामी कुनै पनि परिवर्तनको बारेमा प्रभावित भिसा आवेदकलाई सिधै सूचित गर्नेछौँ,“ नयाँदिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्ताले भनेका छछन्।

अमेरिकी विदेश मन्त्रालयले उच्च दक्ष भारतीय पेशेवरलाई ‘अमेरिकी राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षा’ सुनिश्चित गर्ने ट्रम्प प्रशासनको नयाँ सामाजिक मिडिया जाँचबुझ नियम लागू भएपछि उनीहरूको अन्तर्वार्ता ढिलाइ भएको बताएको थियो।

“विदेश मन्त्रालयले सबै भिसा आवेदकहरूको विस्तृत जाँच गर्छ, जसमा ‘एफ’, ‘एम’ र ‘जे’ गैर–आप्रवासी वर्गीकरणमा सबै विद्यार्थी र एक्सचेन्ज भिजिटर आवेदकहरूको अनलाइन उपस्थिति समीक्षा हुन्छ। डिसेम्बर १५ देखि हामी सबै विशेष व्यवसाय अस्थायी कामदार एच–न–बी भिसा आवेदकहरू र ‘एच–फोर’ भिसा वर्गीकरणमा उनीहरूका आश्रितहरूका लागि अनलाइन उपस्थिति समीक्षालाई विस्तार गर्दैछौँ,” प्रवक्ताले भनेका छन्।

उनले अमेरिकी रक्षा र सुरक्षामा जोखिम नगर्नेले भिसाका लागि योग्यता पुर्याउने दाबी गरेका छन्। उनले भनेका छन्, “प्रत्येक भिसाको मामलामा आवेदकले संयुक्त राज्य अमेरिकाको रक्षा र सुरक्षाको लागि जोखिम उत्पन्न गर्दैन, उसले भिसाको लागि आफ्नो योग्यता विश्वसनीय रूपमा स्थापित गरेको छ र आवेदकले भर्नाका सर्तहरूसँग मिल्दोजुल्दो गतिविधिहरूमा संलग्न हुन चाहन्छ भन्ने कुराको सुनिश्चित गर्न हामी आवश्यक समय लिन्छौँ।”

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ७ : १६ बजे

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर