रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ? « Khabarhub

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

आफ्नो सम्भावनालाई कानूनले रोक्ने देखेपछि रविले रोजेको बाटो ?


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीचको भेटवार्ताले राजनीतिमा चर्चा पाएको छ। भदौ २३ र २४ गतेको युवाको विद्रोहपछि वैकल्पिक शक्तिको ध्रुवीकरण अगाडि बढेको दृश्य यो भेटले देखाएको छ।

रवि र बालेनबीच दुई दिनमा लगातार दुई पटक छलफल भएको छ । सोमबार रातिदेखि मंगलबार बिहानसम्म पाँच घण्टा चलेको चलफलले रवि र बालेन सहकार्य मात्र होइन वैकल्पिक शक्तिको एकताको एउटा आधार तय भएको संकेत भेटमा सहभागी भएका रास्वपा नेता असिम साहले दिएका छन् ।

रवि र बालेनको पाँच घण्टा लामो छलफल निवर्तमान सांसद एवम् रास्वपाका केन्द्रीय सदस्य शाहको घरमा भएको हो। रवि र बालेनको भेटपछि शाहले कथाको सुखद् सुरुवात भएको बताएका हुन्। शाहले रवि र बालेनको भेटलाई दुई दाजु भाइको मिलनको संज्ञासमेत दिएका छन्। उनले यो व्यक्तिले नभएर देशले खोजेको आशाको मिलन भएको दाबी गर्दै सबै नेपालीलाई बधाईसमेत दिएका छन्।

भेटपछि नेता साहले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद् सुरुवात भएको छ। रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’

शाहको निवासमा बालेन र रविले सोमबार राति ८ बजेदेखि राति १ बजेसम्म छलफल भएको हो । त्यहाँबाट रवि बालेनसँगै एउटै गाडीमा बसेर बाहिरिएका थिए।

रवि र बालेनसँगको छलफलमा रास्वपाका उपसभापति डिपी अर्याल, नेता शाहसमेत सहभागी थिए । बालेन समूहबाट कुमार बेन र निश्चल बस्नेसँगै थिए।

कसरी हुँदैछ सहकार्य ?
रवि र बालेनको छलफलमा फागुन २१ को चुनावमा सहकार्य गर्नेदेखि पार्टी एकता गर्नेसम्मका छलफल भएका छन् । भेटमा अबको निर्वाचनमा रास्वपाको तर्फबाट बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव रविले गरेका छन् ।

बालेनको ‘देश विकास पार्टी’ र रास्वपा एकीकरण गर्दैै पार्टीको नयाँ नाममा अगाडि बढ्ने विषयमासमेत छलफल भएको छ । सोमबार रातिमात्र एक टेलिभिजन अन्तर्वार्तामा रास्वपा नेता शिशिर खनालले बालेनलाई रास्वपाले प्रधानमन्त्रीको रुपमा अगाडि सारेर चुनावमा जाने विषयमा छलफल र संवाद भइरहेको स्वीकार गरेका छन् ।

खनालले बालेनसँगै कुलमान घिसिङको पार्टी उज्यालो नेपालसँग सहकार्यको विषयमा छलफल भइरहेको बताए । ‘कुलमान घिसिङ र बालेनलाई रास्वपामा ल्याएर निर्वाचनमा जाने प्रयास चलिरहेको छ’, उनले भनेका छन्, ‘यो सम्भावनाको विषयमा हामी आशावादी छौँ ।’

उनले सबै गोलबन्द भएर रास्वपाको ब्यानरमा आउने कुराको खुलासा गरेका हुन् । उनले छलफलमा सामूहिक ढंगले अगाडि बढ्ने विषयमा सकारात्मक कुराकानी भइरहेको स्वीकार गरेका छन् । सबै विषयमा सहकार्य सम्भव नभए चुनावमा सहकार्य गरेर जाने विषयमासमेत छलफल भइरहेको स्वीकार गरेका छन् ।

विभिन्न सम्भावनाको विषयमा छलफल भएका छन् । रास्वपाले फलानो व्यक्ति प्रधानमन्त्री तोक्ने कुरा हुँदैन । ‘कुलमान र बालेनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने विषयमा छलफल भएको छ । तर कुलमानको नाममा आजको स्थितिमा अलिकति फरक अवस्था आएको छ । हाम्रो पार्टी सभापतिको अगाडि सारेका छौँ । त्यसका कानूनी जटिलता छन् । त्यसबाहेक प्रधानमन्त्रीका रुपमा सोच्नुपर्ने बाध्यतामा छौँ । कुलमानको नाम स्वभाविक छ । त्यसबाहेक काठमाडौं महानगरका प्रमुख बालेन साह पार्टी बाहिरको स्वभाविक पात्र हुनुहुन्छ । यो विषयमा छलफलमा छौँ । यो सम्भावनाको कुरा हो ।’

सामाजिक सञ्जालमा रवि र बालेनको लामो छलफलपछि विभिन्न प्रतिक्रिया आइरहेका छन् । पत्रकार विराट अनुपमले यो छलफललाई वैकल्पिक शक्तिको एकताका लागि महत्त्वपूर्ण बन्नसक्ने उल्लेख गरेका छन् । उनले एउटै मुद्दा लिएर चुनावमा एउटै कित्तामा उभिएमा जनमत परीक्षण हुने बताएका छन् । यस्तो सहकार्यले अरुलाई पनि मिल्न बाध्य पार्ने भन्दै उनले राजनीतिक ध्रुवीकरण हुने उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एकै मुद्दा लिनेहरूका लागि डेमोक्रेसीलाई अलग–अलग कित्तामा भन्दा एउटै कित्तामा उभिनु राम्रो हो। यसले जनमत परीक्षण पनि हुन्छ। अरूलाई पनि मिल्न बाध्य पार्ने वातावरण बन्छ। अनि राजनीतिक ध्रुवीकरण हुन्छ जुन अत्यावश्यक छ।’

आफ्नो सम्भावनालाई कानूनले रोक्ने देखेपछि रविले रोजेको बाटो ?
पुस ४ गते भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा ३ करोड ७४ लाख ८४ हजार धरौटीबापत बैंक जमानत बुझाएर रवि जेलमुक्त भएका हुन्। रविलाई पुस ३ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश वासुदेव आचार्य र तेजनारायणा पौडेलको इजलासले शर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

थुना मुक्त भए लगत्तै रविले राजनीतिक भेटवार्तामा सक्रियता देखाएका हुन् । जेन–जी आन्दोलनका घाइते र परिवारसँगै प्रधानमन्त्री सुशीला कार्कीसँगसमेत भेट गरिसकेका छन् ।

सहकारी ठगीसम्बन्धी मुद्दा विभिन्न जिल्लामा रहेका रविले पार्टी नेतृत्वमा आफू रहे पनि कार्यकारी प्रमुखका विषयमा बालेन र कुलमानको नाममा छलफल गर्न तयार भएका हुन् । रविमाथि सहकारी ठगिको मुद्दा लाागे पनि उनलााई प्रतिनिधिसभा निर्वाचन ऐनले चुनाव लड्न रोक लगाएको छैन ।

अहिले तोकिएको फागुन २१ को चुनावमा उम्मेदवार बन्ने छुट रविलाई भए पनि मन्त्री बनेर काम गर्न पाउने छैनन् । उनी यसअघि संसद् पदबाट निलम्बनमा परेका व्यक्ति हुन् । यो कानुनी प्रावधानलाई बुझेका रविले बालेन र कुलमानलाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्नेगरी छलफल अगाडि बढाएका हुन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ९ : ३६ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित