कक्षा १२ को परीक्षा आवेदन फाराम खुला « Khabarhub

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन खुला गरेको छ ।

परीक्षा बोर्डले मंगलबार सूचना सार्वजनिक गर्दै शैक्षिक सत्र २०८२–०८३ को वार्षिक कार्यतालिका अनुसार वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको हो । सूचनामा नियमित तथा आंशिक दुवै तर्फका विद्यार्थीका लागि आवेदन दिन आह्वान गरिएको छ ।

कक्षा १२ का विद्यार्थीले नियमिततर्फ पुस मसान्तभित्र आठ सय रुपैयाँ शुल्कसहित फारम बुझाउन सक्नेछन्छ। त्यो समयमा फारम बुझाउन नसक्नेले थप शुल्कसहित १६ सय रुपियाँसहित माघ १५ गतेसम्म फारम बुझाउन सक्ने सूचनामा उल्लेख छ।

भौतिक, जीव, रसायन विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट जस्ता विषयका बाह्य परीक्षक आवश्यक पर्ने विषयका विद्यार्थीले थप शुल्क बुझाउनुपर्ने छ ।

बोर्डका अनुसार परीक्षामा नियमिततर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ भएका विद्यार्थी सहभागी हुन पाउनेछन् भने आंशिकतर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ७९, ८० र ८१ भएका परीक्षार्थीले आवेदन दिन पाउने छन्।

सूचनामा नियमित परीक्षार्थी हुनका लागि कक्षा ११ को सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ ग्रेड र आन्तरिक वा प्रयोगात्मकतर्फ ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने उल्लेख छ। परीक्षा फारम बुझाउँदा विदार्थीले कक्षा ११ को ग्रेडसिट र रजिस्ट्रेसन कार्डको प्रतिलिपि बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : ३३ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा