बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ « Khabarhub

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग सोमबार राति भएको भेटवार्ताबारे मंगलबार पत्रकारहरूसमक्ष स्पष्टीकरण दिएका छन् ।

कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको उक्त भेटलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला लामिछानेले यो संवादको एउटा महत्वपूर्ण कडी मात्र भएको बताए ।

लामिछानेले भने, ‘रास्वपा परिवर्तनको पक्षमा लागेका सबै नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत् एक ठाउँमा ल्याउने प्रयासमा छ । हामी त्यही प्रयासको क्रममा संवादमा छौं । यो एउटा महत्वपूर्ण कडीका रूपमा अघि बढिरहेका छौं । यसलाई टुंगोमा पुर्‍याउने दिशामा लागेका छौं ।’

उनले बालेनसँग दुई चरणमा वार्ता भएको र थप वार्ता जारी रहने जानकारी दिए । ‘तपाईंहरूले भने जस्तो अहिले नै आगामी निर्वाचनपछि बालेनलाई प्रधानमन्त्री बनाउने कुनै कुरा भएको छैन । संवाद भए पनि हामी अझै राजनीतिक चरणमा प्रवेश गरेका छैनौं । पहिले एकअर्कालाई बुझ्नुपर्छ, परिस्थितिको जानकारी लिनुपर्छ,’ उनले थपे । उनले आज पनि थप वार्ता हुन सक्ने बताए ।

लामिछानेले जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङसँग पनि वार्ता भइरहेको र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग संवाद हुने जानकारी दिए । ‘हामी सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासमा छौं । यो रास्वपाको जिम्मेवारी पनि हो र हामी यो पूरा गर्ने दिशामा छौं,’ उनले भने ।

सोमबार राति असिम शाहको घरमा भएको भेट करिब ५ घण्टा लामो भएको थियो । भेटमा दुवै पक्षबाट सकारात्मक संकेत देखिएको र वैकल्पिक शक्तिहरूको एकताका लागि आधार तयार भएको बताइरहेका छन् ।

यसअघि पनि रास्वपाले नयाँ शक्तिहरूसँग संवादलाई तीव्रता दिएको थियो । यो भेटले आगामी निर्वाचनअघि वैकल्पिक धारको नयाँ समीकरण बन्न सक्ने अनुमानलाई बल पुगेको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  २ : ४६ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर