जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर « Khabarhub

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका अधिकारीहरूले बताएका छन् ।

 यसैबीच, उनको ९२औँ जन्मदिन मङ्गलबार शान्त वातावरणमा मनाइएको छ । यस वर्षको सुरुमा देखिएको स्वास्थ्य चिन्तापछि उनको अवस्था हाल नियन्त्रणमा रहेको इम्पेरियल हाउसहोल्ड एजेन्सीले जनाएको छ ।

 सम्राट नारुहितोका पिता अकिहितोलाई मे महिनामा मुटुको मांसपेशीमा पर्याप्त मात्रामा रगत प्रवाह नहुने समस्या देखिएको थियो । तर जुलाईदेखि नयाँ औषधि सुरु गरिएपछि उहाँको स्वास्थ्य अवस्था स्थिर रहँदै आएको एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उमेरका बाबजुद पनि उनी अझै सक्रिय जीवनशैलीमा रहेका छन् । विशेषगरी गोबी माछामाथिको वैज्ञानिक अनुसन्धानमा उनको रुचि कायमै रहेको छ । यस क्षेत्रमा उनले अहिलेसम्म १० नयाँ प्रजाति पहिचान गरिसकेका छन् । एजेन्सीका अनुसार उनी हप्तामा दुई पटक दरबार परिसरभित्र रहेको जीवविज्ञान प्रयोगशालामा जान्छन्।

सन् २०१९ मा गद्दी त्याग गरेपछि ‘सम्राट एमेरिटस’ को उपाधि धारण गरेका अकिहितोले आफ्नो जन्मदिन परिवारसँगै मनाउने र जापानी प्रधानमन्त्री साने तकाइचीसहितका विशिष्ट पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

जापानको युद्धकालीन इतिहासप्रति संवेदनशील दृष्टिकोण राखेका अकिहितोले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवको अवसरमा यस वर्ष बारम्बार युद्धका पीडित र कठिन समय भोगेका जीवित साक्षीहरूका लागि प्रार्थना गरेका थिए । उनले विगतका पीडालाई स्मरण गर्दै शान्तिको सन्देश दिएका छन् ।

पूर्वसम्राट अकिहितो र महारानी एमेरिटा मिचिकोले ८० वर्षअघिको युद्धसँग सम्बन्धित चार प्रमुख मितिहरू-ओकिनावाको युद्धको अन्त्य, हिरोसिमा र नागासाकीमा भएको आणविक बम विस्फोट तथा जापानको आत्मसमर्पणको दिन-मा केहीबेर मौन धारण गरेका थिए । उनले आफ्ना पिता सम्राट हिरोहितोको नाममा लडिएको युद्धलाई कहिल्यै भुल्न नहुने धारणा पनि व्यक्त गरे ।

अगस्ट महिनामा अकिहितो र उनकी पत्नी मिचिको मध्य जापानको करुइजावा रिसोर्ट पुगेका थिए । यही स्थानमा युद्धका बेला उनी बालक अवस्थामै अस्थायी रूपमा बसाइँ सर्नु परेको थियो र पछि यहीँ दम्पतीबीच प्रेम सम्बन्ध सुरु भएको स्मरणीय इतिहास पनि जोडिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : ०७ बजे

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।