सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह « Khabarhub

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा सार्न आग्रह गरेको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयले थाई समकक्षीलाई पठाएको पत्रानुसार दुई देशबीच दुई हप्तादेखि जारी घातक सीमा झडपपछि युद्धविरामका सर्तहरूबारे छलफल गर्न तयारी भइरहेका बेला यो प्रस्ताव आएको हो ।

यस महिनाको सुरुमा पुनः सुरु भएको लडाइँले अघिल्लो युद्धविरामलाई ध्वस्त पारेको थियो । अधिकारीहरूका अनुसार ती झडपमा थाइल्यान्डतर्फ कम्तीमा २३ जना र कम्बोडियातर्फ २१ जनाको ज्यान गएको छ भने दुवै देशका गरी नौ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) का विदेशमन्त्रीहरूसँगको भेटपछि कम्बोडियासँग वार्ता गर्ने घोषणा गरेका थिए । उनले विद्यमान द्विपक्षीय सीमा समितिको ढाँचाअन्तर्गत बुधबार थाइल्यान्डको चन्थाबुरीमा बैठक हुने जानकारी पत्रकारहरूलाई दिएका थिए ।

तर, त्यसै दिन कम्बोडियाका रक्षामन्त्री टी सेइहाले थाई समकक्षी नट्टाफोन नार्कफानितलाई पत्र पठाउँदै वार्ता क्वालालम्पुरमा गर्न अनुरोध गरेका छन् । पत्रमा उनले सीमामा जारी लडाइँका कारण सुरक्षा जोखिम बढेकाले बैठक सुरक्षित र तटस्थ स्थानमा गर्नु उपयुक्त हुने उल्लेख गरेका छन् । उक्त पत्र एएफपीले मंगलबार प्राप्त गरेको र मन्त्रालयले यसको पुष्टि गरेको छ ।

रक्षामन्त्री सेइहाका अनुसार हाल आसियानको अध्यक्ष रहेको मलेसियाले क्वालालम्पुरमा वार्ताको आयोजना गर्न सहमति जनाएको छ । यसले वार्ताका लागि तटस्थ वातावरण सुनिश्चित हुने विश्वास कम्बोडियाले व्यक्त गरेको छ ।

यद्यपि, दुवै पक्ष वार्तामा सहमत भएको घोषणा भएको केही समयपछि नै अवस्था फेरि तनावपूर्ण बनेको छ । कम्बोडियाका अनुसार थाइल्यान्डले सोमबार आफ्नो भूभागमा हवाई आक्रमण गरेको छ । कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले मङ्गलबार बिहानसम्म पनि सीमामा झडप जारी रहेको जानकारी पत्रकारहरूलाई दिए।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा थाई सेनामाथि कम्बोडियाको सीमावर्ती सहर पोइपेटमा गोलाबारी गरेको आरोप लगाइएको छ । यस घटनाक्रमले वार्ताको वातावरण थप जटिल बनेको देखिएको छ भने दुवै देशबीचको तनाव अझै कम नभएको संकेत दिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : २५ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’