चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा « Khabarhub

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । 

मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै सुवेदीले प्यालनसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा हालका प्रथम उपाध्यक्ष राजेन्द्र ओली र उपाध्यक्ष पदमा अशोक अधिकारी, नारायण प्रधान र राजन पियाको उम्मेदवारी घोषणा गरिएको छ । अन्य पदका उम्मेदवारको नामावली भने पछि घोषणा गरिने सुवेदीले जानकारी दिए ।

उनले आफ्नो समूहमा विभिन्न जिम्मेवारीमा दशकौँ बिताएका योग्य अनुभवी र परिपक्व व्यक्तिहरू रहेको बताए । संघको संस्थागत विकास एवं समग्र जिल्लाको विकासमा योगदान पुराउनले उद्देश्यका साथ निर्वाचनमा होमिएको उनको भनाइ छ । 

यसअघि उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि सिरिस पन्त समूहलेसमेत उम्मेदवारीको घोषणा गरिसकेको छ ।

संघको नयाँ नेतृत्व चयनका लागि पुस २१ गते निर्वाचन हुँदैछ । संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् । 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ३९ बजे

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत