शहीदका सुपुत्र सन्दीप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक « Khabarhub

शहीदका सुपुत्र सन्दीप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दीप पुन चयन भएका छन् । नेपालको राजनीतिक तथा विद्यार्थी आन्दोलनको इतिहासमा पहिलो पटक शहीदका सुपुत्रले विद्यार्थी संगठनको केन्द्रीय नेतृत्व तहमा जिम्मेवारी पाएका हुन्।

महान जनयुद्धका शहीद कमरेड सुन्दर र महान शहिद कमरेड बृक्षाका सुपुत्र पुनलाई पार्टीको पुष १ र २ गते सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णयअनुसार उक्त जिम्मेवारी दिइएको पार्टी स्रोतले जनाएको छ।

पार्टीका अनुसार पुनको नेतृत्वमा विद्यार्थी आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउँदै लोकतान्त्रिक मूल्य मान्यता र प्रगतिशील विचारधारालाई अघि बढाइने विश्वास लिइएको छ। 

साथै, जेन-जी विद्रोहपछि स्थापित हुने पहिलो विद्यार्थी संगठन भएकाले यसको भूमिका आगामी दिनमा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ५५ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी