पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला « Khabarhub

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही लम्बिन सक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित किशुनजीको जीवन र व्यक्तित्व विषयक कार्यक्रममा कोइरालाले आफू तोकिएको समयमा नै महाधिवेशन गर्नुपर्ने पक्षमा नै रहेको भन्दै क्रियाशील सदस्यका विषयमा भएको ढिलाइले महाधिवेशन केही लम्बिन सक्ने देखिएको बताएका हुन् । 

नयाँ क्रियाशील सदस्य वितरणका क्रममा देशभर सिरियल नम्बर नै नभएको कागजात पठाएपछि आफू चनाखो भएको उनले बताए । कोइरालाले महाधिवेशन केही लम्विए पनि त्यसले खासै फरक नपर्ने धारणा राखे ।

उनले विशेष अधिवेशनको माग गर्ने र चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने समूहले आफूलाई खेलाउन खोजेको महसुस भएपछि चुनावअघि नियमित महाधिवेशन हुनुपर्छ भन्नेमा आफूले मागमा अडिक भएको बताए ।  

शान्ति सुरक्षाको पूर्ण रुपमा प्रत्याभूति नभएसम्म हुन नसक्ने भन्दै उनले चुनावको नाममा धाँधली गरेर कसैलाई जित्न नदिने उल्लेख गरे । उनले देश यही अवस्थामा रहन्छ वा रहँदैन भन्नेमा चिन्ता गर्नुपर्ने अवस्था देखिएको बताए ।

कोइरालाले आगामी दिनमा नेपालमा फेरि अर्को दुर्घटना हुन सक्ने भन्दै त्यसलाई रोक्न सबै गम्भीर हुनुपर्नेमा जोड दिए । जेन-जीको आन्दोलनका क्रममा भाद्र २४ गतेको घटना नेपालको राष्ट्रियता कमजोर भएर घटेको हिंसा भएको उनको भनाइ छ । 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : ५७ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा