शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने « Khabarhub

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच पहिलो पटक शीतल निवासमा वार्ता भएको छ।

यो वार्ताले तीन दलका शीर्ष नेता बिदा हुनुपर्ने पक्षमा रहेकी प्रधानमन्त्री कार्की र नेताहरूबीच संवादको ढोका खोलिदिएको छ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा दुई पक्षबीच संवाद अघि बढाउने समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

उनका अनुसार यसका लागि फागुन २१ गते हुने चुनावको वातावरण बनाउन विस्तृत छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गर्ने समझदारी बनेको छ ।

‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो’, राष्ट्रपति पौडेलको भनाइबारे पोखरेलले भने ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेतालाई राष्ट्रपतिले भेटाएका हुन् । यो भेटसँगै सरकार र तीन दलबीचको दूरी पनि कम भएको छ । अब दुई पक्षले बालुवाटारमा जुटेर चुनावका लागि नयाँ समझदारीको तयारी गरेका छन् । तर त्यसको मिति भने तय भइसकेको छैन ।

देशमा राजनीतिक संकट गहिरिँदै गएका बेला राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच पहिलो पटक प्रत्यक्ष संवाद भएको हो ।

सरकार र तीन ठूला दलको यो वार्ताले अब फागुन २१ मा निर्वाचन हुने नहुने कुराको करिब निर्क्योल गर्ने चर्चाबीच संवाद अघि बढेको हो ।

राष्ट्रपतिले तीन दलका नेता जुटाएर संवाद गराएसँगै विश्वासको वातावरण बढेको शीतल निवासले जनाएको छ। शीतल निवासमा पुगेकामध्ये कांग्रेस र एमाले संसद् पुनर्स्थापनाको पक्षमा छन् भने नेकपा चुनावको पक्षमा छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ६ : ३७ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा