आज २०८१ साल माघ ११ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ ११ गते शुक्रबारको राशिफल


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ ११ गते शुक्रबार माघ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जनवरी २४ तारिख। अन्तर्राष्ट्रिय शिक्षा दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नाम र इज्जत बढ्नेछ। विपक्षी साथीलेसमेत आज तपाईंको तारिफ गर्नेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। तपाईंले महत्त्वपूर्ण अवसरको सदुपयोग गर्नुपर्नेछ।

वृष : स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। साथीसँग धेरै तर्क नगर्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धले नयाँ उचाई पाउनेछ।

मिथुन : आज तपाईंको मन कला र संस्कृतितर्फ जानेछ। खेलकुदको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : साना कुराले मन अशान्त बन्नसक्छ। योजना बनाउँदा बौद्धिक व्यक्तिको साथ लिनु उचित हुनेछ। पञ्चम भावमा चन्द्रमा रहेकाले शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ। परिवारले तपाईंको इच्छा विपरीत काम गर्दा मन अशान्त बन्नेछ। गुरुको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। साथीभाइले सहयोग गर्नेछन्।

कन्या : संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम रहेको छ। नेतृत्वले माया गर्दा काम गर्ने अवसर प्राप्त हुनेछ।

तुला : परिवारले भन्दा बाहिरका व्यक्तिले तपाईंको कामको प्रशंसा गर्नेछन्। आफ्नो कामको जस अरुले लिने जोखिम रहेको छ। शिक्षामा गरेको लगानीले फाइदा हुने हुँदा लगानीमा हिम्मत गर्नुपर्नेछ।

वृश्चिक : स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ। बिहानै गणेशको दर्शन गरेमा मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग लिएको सल्लाह कार्यान्वयन गर्नु अगाडि विवेक प्रयोग गर्नु उचित हुनेछ।

धनु : दिन सामान्य छ। स्वास्थ्यमा सुधार हुनेछ। बन्धुको साथले मनमा खुशी मिल्नेछ। बौद्धिक व्यक्तिको निगरानी भइरहेकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा कोधा हुने जोखिम रहेको छ।

मकर : छिमेकको शुभकार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। परिवारको विश्वास गर्दा घाटा हुनेछ। काम गर्दा अरुको सल्लाह लिनेभन्दा विवेक प्रयोग गर्नुपर्नेछ।

कुम्भ : आज काममा अवरोध हुनसक्ने जोखिम रहेको छ। स्वदेशमा भन्दा विदेशको रमझमले आकर्षित गर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : चन्द्रमा अनुकुल छन्। काममा निरन्तरको प्रयासको खाँचो देखिन्छ। खुशीका साथ गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग बढी तर्क नगर्नु उचित हुनेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ०५ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ