अमेरिकी डलरको भाउ बढ्दा कुन-कुन विदेशी मुद्राको घट्यो ? « Khabarhub

अमेरिकी डलरको भाउ बढ्दा कुन-कुन विदेशी मुद्राको घट्यो ?


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ। निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ।

यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरको भाउ भने घटेको छ। यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ०४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ ६४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपियाँ ७३ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपियाँ १५ पैसा र बिक्रीदर एक सय ७० रुपियाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ८५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ५४ पैसा र बिक्रीदर ८६ रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ९२ पैसा र बिक्रीदर ९६ रुपियाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ २१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ८२ पैसा र बिक्रीदर आठ रुपियाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९४ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८० पैसा र बिक्रीदर ३६ रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर ३८ रुपियाँ ०३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०६ पैसा र बिक्रीदर चार रुपियाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०६ पैसा र बिक्रीदर ३१ रुपियाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५३ पैसा र बिक्रीदर १२ रुपियाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७२ पैसा र बिक्रीदर १७ रुपियाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपियाँ ८३ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपियाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रुपियाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपियाँ ६३ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ १९ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ५१ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार