वरिष्ठ अधिवक्ता त्रिपाठीको अभिव्यक्तिप्रति न्यायाधीश समाजको आपत्ति « Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीको अभिव्यक्तिप्रति न्यायाधीश समाजको आपत्ति


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायपालिकामाथि अनास्था फैलाउने अभिव्यक्ति दिएको भन्दै न्यायाधीश समाजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । साथै काठमाडौं जिल्ला अदालत अगाडि गतसाता त्रिपाठीमाथि भएको आक्रमणप्रति पनि न्यायाधीश समाजले खेद प्रकट गरेको छ ।

गत माघ २ गते काठमाडौं जिल्ला अदालतमा चलिरहेको ठगी गरी संगठित अपराधको मुद्दामा थुनछेक बहस पश्चात अदालत हाता बाहिर निस्कने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले हातपात र दुर्व्यवहार गरेका थिए ।

उक्त घटनापछि वरिष्ठ अधिवक्ता त्रिपाठीले विभिन्न सञ्चारमाध्यममा न्यायाधीशहरुको समेत आलोचना गरेपछि न्यायाधीश समाजले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘न्याय सम्पादन प्रकृयाको अभिन्न अंगका रुपमा रहेको नेपाल वार र त्यसका कुनै पनि सदस्य माथि भौतिक आक्रमण गरिनु निन्दनीय कार्य हो’ न्यायाधीश समाजका महासचिव टेकनारायण कुँवरद्वारा विहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त दिन काठमाडौं जिल्ला अदालत परिसर बाहिर वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठी माथि भएको भौतिक आक्रमणको यो समाज निन्दा गर्दै त्यस्तो अवाञ्छित कार्यमा संलग्न रहेका व्यक्तिलाई आवश्यक कानूनी कारवाही गर्नको लागि माग गर्दछ ।’

तर, उक्त घटनापछि सञ्चार माध्यमहरुमा त्रिपाठीले दिएको अभिव्यक्तिलाई लिएर न्यायाधीश समाजले आपत्ति जनाएको छ ।

महासचिव कुँवरको विज्ञप्तिमा भनिएको छ, ‘सो घटना पश्चात वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीबाट विभिन्न सञ्चार माध्यममा सो मुद्दामा भएको आदेश गर्ने न्यायाधीशका सम्बन्धमा बदनियतपूर्वक कार्य गरेको भनी सर्वसाधारणमा न्यायपालिका प्रति नै भ्रम र अनास्था फैलाउने गरी अन्तर्वाता दिएको कुरा युट्युब च्यानलहरुमा प्रसारण भएको पाइएकोले सो सम्बन्धमा समेत यस न्यायाधीश समाज, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

यो पनि–

‘मण्डलेले पिट्दा पनि नमरेको दिनेश त्रिपाठी फलामले बनेको मान्छे हो’

कुनै न्यायाधीशविशेषबाट कानून बमोजिम न्यायिक प्रक्रिया अवलम्बन गरी भएको कुनै आदेश वा काम कारबाही कानून विपरीत भएको भन्ने लागेमा सो सम्बन्धमा सम्बन्धित निकायमा कानून वमोजिमकै प्रक्रिया अवलम्बन गरी उपचार खोज्नु स्वाभाविक हुने विद्दप्तिमा उल्लेख छ ।

वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिका प्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरुप्रति खेद व्यक्त गर्दछ

‘तर त्यसतर्फ नलागी वरिष्ठ अधिवक्ताजस्तो जिम्मेवार व्यक्तिले आफुले वहस गरे बमोजिमको परिणाम नआएको भन्ने आधारमा कानून व्यवसायीको आचरण विपरीत हुने गरी आदेश गर्ने न्यायाधीश उपर नै बदनियतपूर्वक कार्य गरेको भनी सार्वजनिक सञ्चार माध्यममा अन्तरर्वाता दिएको देखियो’ न्यायाधीश कुँवरद्वारा जारी विद्दप्तिमा भनिएको छ, ‘बरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिका प्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरुप्रति खेद व्यक्त गर्दछ ।’

हेर्नुहोस् न्यायाधीश समाजको विज्ञप्ति-

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ७ : २२ बजे

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

 कामाडौं– प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग

रूसमा आणविक अभ्यास सुरु

मस्को- युक्रेन युद्ध तीव्र भइरहेका बेला रूसले देशभरका हजारौँ सैनिक

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता