झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत « Khabarhub

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुसार जिल्लाका निम्ति १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० विनियोजन भएकोमा पुस मसान्तसम्म दुई अर्ब १५ करोड ३६ लाख दुई हजार आठ सय ८४ खर्च भएको छ ।

 “चालुतर्फ विनियोजित रु १६ अर्ब चार करोड ८९ लाख ४५ हजारमध्ये ४५ दशमलव २६ अर्थात् सात अर्ब २६ करोड ६३ लाख खर्च भएको छ”, उनले भने।

समग्रमा चालु आवको छ महिनामा ४५ दशमलव २६ प्रतिशत अर्थात् नौ अर्ब ४१ करोड ६६ लाख नौ हजार खर्च भएको कोष नियन्त्रक तिम्सिनाले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहले पुँजीगत खर्च बढाउन नसकेका हुन् ।   

चालु आवको पुस महिनासम्ममा जिल्लाभर रु नौ अर्ब ८८ करोड २६ लाख ७१ हजार चार सय २८ राजस्व संकलन भएको छ । उक्त अवधिमा  सबैभन्दा धेरै मेची भन्सार कार्यालयले रु सात अर्ब ५१ करोड ३५ लाख ५५ हजार राजस्व संकलन गरेको छ । 

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १० : २९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार