नेपालसँगको सम्बन्ध अब थप सुदृढ : जापानी राजदूत मयडा « Khabarhub

नेपालसँगको सम्बन्ध अब थप सुदृढ : जापानी राजदूत मयडा


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि जापानका नवनियुक्त राजदूत मयडा तोरुले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताएका छन्‌ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाउँदै राजदूत तोरुले द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा आफूले जोड दिने बताएका हुन्‌ ।

नेपाल र जापानबीचको द्विपक्षीय लामो सम्बन्धबारे राष्ट्रपति पौडेल र राजदूत तोरूबीच कुराकानी भएको नेपालस्थित जापानी दूतावासले जानकारी दिएको छ ।

नेपाल र जापानबीच वि.सं. २०१३ भदौ १७ गते औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशले सन् २०२६ मा द्विपक्षीय कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ मनाउँदैछन्‌ ।

नेपालको पूर्वाधार विकासमा जापान सबैभन्दा ठूलो अनुदानदाता हो । साथै, नेपाली विद्यार्थी र युवाहरूका लागि पनि जापान आकर्षक शैक्षिक/श्रम गन्तव्य हो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : ३१ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत