राप्रपाले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने « Khabarhub

राप्रपाले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने जनाएको छ । 

शुक्रबारबाट काठमाडौंमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरुप दिएर सशक्त बनाउने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए  ।

बैठकमा सरकारको कार्यशैलीको समीक्षा, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र अन्य सहकार्य लगायतका विषयमा समेत छलफल हुने उनले बताए।

कांग्रेस–एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुँदै गएको लिङ्देनले बताए  ।

उनले सरकारले प्रजातन्त्रलाईसमेत कमजोर बनाउने गरी संसद्लाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थितिमा समेत बैठकमा समीक्षा हुने अध्यक्ष लिङ्देनले उल्लेख गरे ।  

त्यस्तै पार्टीको जिल्ला अधिवेशनको समीक्षा गर्दै तीव्रता दिन आवश्यक निर्देशन समेत बैठकले दिने राप्रपाले जनाएको छ । बैठक शनिबार सम्पन्न हुने बताइएको छ । 

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १ : ५७ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत