राजेन्द्र लिङ्देनको निष्कर्ष- कांग्रेस-एमाले बहुदल मासेर दुई दल राख्ने षडयन्त्र गर्दै छन् « Khabarhub

राजेन्द्र लिङ्देनको निष्कर्ष- कांग्रेस-एमाले बहुदल मासेर दुई दल राख्ने षडयन्त्र गर्दै छन्


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्को पहिलो र दोश्रो दल मिलेर सरकार बनाउने परिकल्पना संसदीय व्यवस्थामा नहुने बताएका छन् । तर नेपालमा अहिले नेपाली कांग्रेस र नेकपा एमालेले अनौठो अभ्यास गरिएको उनले बताएका छन् ।

धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्दै लिङ्देनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस र एमाले बहुदलीय व्यवस्था मासेर दुईदलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाएका छन् ।

अध्यक्ष लिङ्देनले हिउँदे अधिवेशन छलेर अध्यादेशबाट शासन चलाउने सरकारको रवैयाको पनि प्रतिवेदनमा निन्दा गरेका छन् ।

वैदेशिक सम्बन्धमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्यूहमा फस्न सक्ने खतरा रहेको पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टी संगठन दुई प्रयोजनका लागि विस्तार गर्दै जानुपर्ने बताए । आन्दोलनका लागि संगठन र चुनावका लागि संगठन भनेर पार्टि निर्माणबारे उनले प्रतिवेदनमा ब्याख्या गरेका छन् ।

उनले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, सहकार्य वा मोर्चा बनाउने विषयमा केन्द्रीय समिति बैठकका सहभागीसँग सुझाव मागेका छन् ।

बैठकमा महामन्त्री एवम् सचिवालय प्रमुख राजेन्द्र गुरुङ्ले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरे ।

बैठक शनिबार सम्पन्न गर्ने कार्यसूची रहेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  २ : २२ बजे

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।