सिद्धबाबा सुरुङमार्ग छिचोलिएपछि अर्थमन्त्रीको टिप्पणी- कतिपयले हाँसी मजाक गरेका थिए « Khabarhub

सिद्धबाबा सुरुङमार्ग छिचोलिएपछि अर्थमन्त्रीको टिप्पणी- कतिपयले हाँसी मजाक गरेका थिए


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल ब्रेक थ्रु भएपछि निर्माणको निर्णय गर्दाको समय स्मरण गरेका छन् ।

ब्रेक थ्रुका क्रममा शुक्रबार पाल्पामा आयोजित कार्यक्रमा सहभागी भएका उनले अब यहाँ हिउँदा या बर्षा दुवै याममा पहिरोको डर हटेको बताएका छन् ।

‘बर्षातमा मात्र होइन हिउँदमासमेत पहिरो खसेर कयौँको ज्यान लिएको सिद्धबाबाको कुहिरे भीरले हामीलाई वर्षौँ दुःख दियो । अत्यन्त असुरक्षित यो सडकलाई सुरक्षित बनाउने थुप्रै विकल्पमा हामीले छलफल गर्‍यौँ । देश, विदेशका विज्ञ प्राविधिकसहितको विस्तृत अध्ययनबाट अन्त्यमा हामी सुरुङ मार्ग निर्माणको निर्णयमा पुग्यौँ’, उनले भनेका छन्, ‘तर कतिपयले यसलाई हाँसो मजाकको विषय बनाए । चुरे भीरमा सुरुङमार्ग सफल नहुने जिद्दि गरे । बजेट सक्न खोजेको आरोप लगाए । तर हामी मृत्यु मार्गलाई जीवनमार्ग बदल्ने अभियानमा अविचलित भएर लागिरह्यौँ । फलस्वरुपः सुरूङमार्गको ब्रेक थ्रु सेलिब्रेशनको महत्वपूर्ण क्षणमा आइपुगेका छौँ।’

उनले यस सुरुङमार्गमा आफैंले देखेको सपना पूरा भएकोमा खुसी लागेको बताएका छन् । ‘आफैँले देखेको सपना सोचेभन्दा चाँडै पूरा हुन लाग्दा हामी हर्षविभोर छौँ । त्योभन्दा ठूलो हर्ष नेपालमा सडक सञ्जाललाई सुरुङमार्गले जोड्ने तहमा हामी आइपुगेका छौँ’, उनले भनेका छन्, ‘सिद्धबाबाको यो सुरुङमार्ग अब छोटो समयभित्रै सञ्चालनमा आउनेछ । यात्रुले सुरक्षित यात्रा गर्नेछन् । यही सुरुङमार्गबाट पसेर हजारौँ, लाखौँ यात्रु र पर्यटक पाल्पा हुँदै पोखरा लगायत पहाडी र हिमाली क्षेत्रमा प्रस्थान गर्नेछन् ।’

उनले यसलाई खुसीको क्षणमा भन्दै सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरूङमार्ग निर्माण गर्न निर्देशन गरिरहेकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ३ : ५४ बजे

इयू टी–२० लिग : जेबी ब्रुग्स २७ रनले पराजित

काठमाडौं – बेल्जियममा पहिलो पटक आयोजना भइरहेको इयू टी–२० लिगमा

सात वर्षपछि भारत साफ महिला च्याम्पियन, फाइनलमा बंगलादेश ३–१ ले पराजित

काठमाडौं – भारतले सात वर्षको प्रतीक्षापछि साफ महिला च्याम्पियनसिपको उपाधि

चित्रकलामा मध्यपुरका सम्पदा

काठमाडौं – मध्यपुरथिमिको संस्कृति र सम्पदाको संरक्षणका लागि आजदेखि यहाँ

हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार

कास्की – पोखरा–६ बैदामस्थित फेवा तालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका

कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ

म्याग्दी – ‘जेनजी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना