घुस खुवाए, सरकारी साक्षी बनेर बयान फेरे, अहिले आफैँलाई मुद्दा ! « Khabarhub

घुस खुवाए, सरकारी साक्षी बनेर बयान फेरे, अहिले आफैँलाई मुद्दा !


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक मेडिकल सञ्‍चालकले सरकारी अस्पतालबाट भुक्तानी पाउन घुस खुवाएर सरकारी साक्षी बन्दै एकाएक बयान फेरेपछि भ्रष्टाचार मुद्दा लागेको छ ।

औषधि सप्लाई गरेबापत पाउनुपर्ने भुक्तानी लिन अप्लस मेडिकोका सञ्चालक नन्दलाल पौडेलले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी अमृता कोइरालालाई ६ लाख रुपैयाँ घुस दिएको भेटिएको थियो ।

सो घुस प्रकरण छानबिन क्रममा अनुसन्धान अधिकृतलाई सघाएपछि मेडिकल सञ्चालक पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीको रूपमा अदालतमा पेश गरेको थियो ।

भ्रष्टाचार प्रकरणमा घुस लिने र दिने दुबैलाई कारबाही गर्नुपर्नेमा अख्तियारले पौडेललाई अनुसन्धानमा सहयोग गरेको भन्दै सजायमा छुट दिइ सरकारी साक्षीको रूपमा अदालतमा पेश गरेको थियो ।

तर, विशेष अदालतमा पौडेलले अख्तियारलाई नै बुमर्‍याङमा पार्नेगरी उल्टो बकपत्र गरिदिए । उनले आयोगमा अनुसन्धानको क्रममा गरेको बयान ब्यहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार; पौडेलले औषधिको रकम भुक्तानी पाउन क्यान्सर अस्पतालकी कर्मचारी कोइरालालाई नद एक लाख ५० हजार रुपैयाँ र थप चार लाख ५० हजार रुपैयाँको चेक गरी जम्मा ६ लाख रुपैयाँ घुस/रिसवत दिएका थिए ।

उनले बयान फेरेपछि अख्तियार पुनः भ्रष्टाचार मुद्दा लिएर विशेष अदालतमा गएको हो । यसअघि सरकारी साक्षी बसेका कारण सजाय छुट गर्दै अदालतमा पेश गरिएका पौडेलविरुद्ध आयोगले निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुर लगाएको छ ।

निजलाई ६ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उक्त प्रकरणमा प्रतिवादी अमृता कोइरालाले घुस/रिसवतबापत लिइसकेको ६ लाख रुपैयाँ बिगोसमेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन पनि आयोगले विशेष अदालतमा मागदाबी गरेको छ ।

घुस लिने कोइराला र दिने पौडेल दुबैविरुद्ध आयोगले आज (बिहीबार) काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ४ : ४८ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी