बजेट आकार कम्तिमा २५० अर्बले घटाउँदै सरकार
खर्च गर्न र स्रोत जुटाउन नसकेपछि सरकारले चालु आर्थिक वर्षको बजेट कम्तिमा दुई खर्ब ५० अर्ब रुपैयाँले घटाउने भएको छ ।
सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि समीक्षा क्रममा बजेटको आकार नै घटाउन लागेका हुन् । पौडेलले माघको अन्तिम साता बजेटको मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक गर्नेछन्।
पूर्ववर्ती सरकारका अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षका लागि गएको जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए । बजेट आएको १४ दिनभित्रै सत्तासमीकरण परिवर्तन भएपछि बनेको सरकारमा असार ३१ गते एमाले उपाध्यक्ष पौडेल अर्थमन्त्री बनेका थिए ।
सातामा ५३ अङ्कले बजार बढ्दा शेयरधनीलाई राहत
माघ महिनाको दोस्रो कारोबार साता अर्थात् माघ ६ गतेदेखि १० गतेसम्म शेयर बजारमा हरियाली छाएको छ । शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक सातामा ५३.१४ अङ्कले बढेको हो ।
गत साताको बिहीबार २६०१.२१ बिन्दुमा रहेको परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा बढेर २६५४.३५ बिन्दुमा पुगेको छ ।
सातामा पूरै पाँच कारोबार दिन शेयर किनबेच हुँदा चार दिन बजार बढ्यो भने साताको अन्तिम दिन घट्यो । सातामा नेप्से ५३ अङ्कले बढ्दा दैनिक औसतमा १०.६२८ अङ्कले बढ्यो ।
उकालो लाग्दै नेपालको वैदेशिक व्यापार, ३१ प्रतिशतले बढ्यो निर्यात
अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले गत आर्थिक वर्षको अर्धवार्षिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको देखाएको हो ।
तथ्याङ्कअनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा आयाततर्फ ७.०६ प्रतिशत र आयाततर्फ ३१.७८ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।
११ वाणिज्य बैंकले नाफा बढाए, ९ बैंक घाटामा
अघिल्लो आर्थिक वर्ष (आव)को ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिना अवधिमा वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । सार्वजनिक तथ्यांकअनुसार अघिल्लो आवको ६ महिना अवधिको तुलनामा चालु आवको ६ महिना वाणिज्य बैंकहरूको नाफामा प्रतिशतले गिरावट आएको हो ।
बैंकहरूको वित्तीय प्रतिवेदनअनुसार समीक्षा अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै बढेको छ भने एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ ।
भिसा नलागेका विद्यार्थीको करोडौँ रकम राज्यको कब्जामा
मुद्रा सटही सुविधा लिएका हजारौँ विद्यार्थीको शैक्षिक सेवा शुल्क बापतको रकम राज्यले महिनौंसम्म होल्ड गर्ने गरेको छ । गत वर्षमात्रै एक लाख १२ हजार ५८३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए ।
स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का अध्यक्ष बासु नेपालका अनुसार विशेषगरी यूरोपेली र अष्ट्रेलिया लगायत दर्जनौँ देशका विश्वविद्यालयमा अध्ययन निम्ति आवेदन दिँदा अग्रिम रूपमा शुल्क पठाउनुपर्ने हुन्छ ।
वन मन्त्रालय विकासविरोधी होइन : वनमन्त्री ठकुरी
वनमन्त्री ऐनबहादुर शाही ठकुरीले वन मन्त्रालय विकासविरोधी नभएको बताएका छन् ।
शुक्रबार चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभामा बोल्दै विभागीय मन्त्री शाहीले मन्त्रालयलाई विकास विरोधीको रूपमा मात्रै हेरिएको गुनासो गर्दै विकासको साझेदारकै रूपमा वन मन्त्रालय अघि बढेको बताएका हुन् ।
सडक कालोपत्रेमा गण्डकी प्रदेश सरकार सबैभन्दा अघि
गण्डकी प्रदेश सरकार सडक कालोपत्रेमा सबैभन्दा अघि देखिएको छ ।
प्रदेश सरकारहरूले हालसम्म गरेको सडक कालोपत्रेको लम्बाइमा गण्डकी प्रदेश सरकार सबैभन्दा अघि देखिएको हो ।
जीवन बीमा खुम्चँदै, लघु बीमा विस्तार तीव्र
नेपालमा अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा जीवन बीमा व्यवसाय सुधार हुन नसकेको देखिएको छ ।
अघिल्लो आवको दोस्रो त्रैमास अवधि तुलनामा ठूला जीवन बीमा कम्पनीको सक्रिय बीमालेख संख्यामा गिरावट आएको हो ।
प्रतिक्रिया