उकालो लाग्दै नेपालको वैदेशिक व्यापार, ३१ प्रतिशतले बढ्यो निर्यात « Khabarhub

उकालो लाग्दै नेपालको वैदेशिक व्यापार, ३१ प्रतिशतले बढ्यो निर्यात


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले गत आर्थिक वर्षको अर्धवार्षिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको देखाएको हो ।

तथ्याङ्कअनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा आयाततर्फ ७.०६ प्रतिशत र आयाततर्फ ३१.७८ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

चालु आवको ६ महिनामा नेपालबाट ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जब कि अघिल्लो आवको सोही अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

त्यस्तै, चालु आवको ६ महिनामा नेपालमा विभिन्न देशबाट आठ खर्ब २२ अर्ब ३७ करोड ५ लाख ४६ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो आवको सोही अवधिमा भने यस्तो आयात ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको भएको थियो ।

तथ्याङ्कअनुसार चालु आवको अर्धवार्षिक समयमा अघिल्लो आवको सोही अवधिको तुलनामा नेपालको कूल वैदेशिक व्यापारमा ९.२५ प्रतिशतले वृद्धि भएको भने व्यापार घाटा ४.३८ प्रतिशतले वृद्धि भएको छ ।

नेपालले चालु आवको ६ महिनाको अवधिमा विभिन्न मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये सो अवधिमा भारतबाट पाँच खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बढीको वस्तु आयात गरेको र भारतमा ७३ अर्ब ७१ अर्ब रुपैयाँ बढीको मात्रै वस्तु निर्यात गरेको तथ्याङ्कले देखाएको छ । ६ महिना अवधिको वैदेशिक व्यापारमा भारतसँग मात्रै चार खर्ब २९ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा भएको छ ।

त्यस्तै; समीक्षा अवधिमा नेपालले चीनबाट एक खर्ब ६० अर्ब ५४ करोड बढीको वस्तु आयात गरेको छ भने एक अर्ब ९२ करोड २२ लाख ६७ हजार रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ ।

समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै ५४ अर्ब ३६ करोड ६५ लाख पाँच हजार रुपैयाँ बराबरको डिजेल, ३२ अर्ब १४ करोड ९३ लाख ३८ हजार रुपैयाँ बराबरको पेट्रोल र २९ अर्ब ७९ करोड ७० लाख ६३ हजार रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

सबैभन्दा धेरै आयात हुने चौथो वस्तु फलाम २५ अर्ब ७१ करोड ७९ लाख २६ हजार र पाँचौ वस्तु सोयाबिन तेल उत्पादन गर्ने कच्चा दाना भटमास २४ अर्ब ३७ करोड २४ लाख ३५ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ४ : १७ बजे

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको