कोशी प्रदेश सरकारको वार्षिक प्रतिवेदन पेस « Khabarhub

कोशी प्रदेश सरकारको वार्षिक प्रतिवेदन पेस


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रतिवेदन पेस गर्दै सो वर्ष शासकीय स्थिरताका हिसाबले सरकार निकै कमजोर रहेको बताए ।

उनले सो वर्षमा भएका प्रगतिलाई समेटेर बनाइएको यो प्रतिवेदन सदनमा छलफल, समीक्षा र बहस हुँदा आउँदा दिनमा सरकारलाई थप ज्ञान प्राप्त हुने बताए ।

सैद्धान्तिक छलफल

बैठकमा ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ माथिको  सैद्धान्तिक छलफल समाप्त भएको छ ।

सो विधेयक उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामकोतर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले पेस गरेका थिए ।

सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, राधाकृष्ण खनाल र  शोभा चेम्जोङले यो विधेयकले विषादीको प्रयोग, भण्डार, बिक्री वितरण, आयात, प्रयोगलाई व्यवस्थित गराउन मद्दत गर्ने बताए । उनीहरूले विषादी मानव जीवनलाई मात्र नभई पर्यावरणलाई पनि हानि पुर्‍याउने भएकाले यसको नियमन र व्यवस्थापनका लागि विधेयक आवश्यक रहेको चर्चा गरे ।

शून्य समय

मुलुकको समसामयिक विषयमा शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोपाल विश्वकर्मा, गोम्बु शेर्पा, हिमाल कार्की, खगेश्वरी पौडेल, डोलमा तामाङ, गीतादेवी रेग्मी, निरन राई, किशोरचन्द्र दुलाल र शिलादीक्षित कार्कीले बोलेका थिए । प्रदेशसभाको अर्को बैठक माघ १३ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ७ : ५६ बजे

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ