कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन « Khabarhub

कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज  प्रदेश प्रमुख परशुराम खापुङलाई सातौँ वार्षिक प्रतिवेदन बुझाएको छ ।

प्रमुख खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्य न्यायाधिवक्ता नारायण बस्तीले आर्थिक वर्ष २०८०/८१ का सातौँ वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशमा सरकारका तर्फबाट कानुन लागू गर्न महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको उल्लेख गरे । 

उनले न्यायाधिवक्ताको कार्यालयले समुदाय र स्थानीय तहका न्यायिक समितिलाई कानुनी रूपमा सुदृढ गर्दै आइरहेको बताए ।

मुख्य न्यायाधिवक्ता बस्तीले कार्यालयले प्रदेश कानुन कार्यान्वयन, समुदाय र विद्यार्थीसँग न्यायाधिवक्ता कार्यक्रम सञ्चालन गरी प्रदेश कानुनसम्बन्धी जानकारी गराउँदै आएको बताए ।

मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा दुई सय ११ मुद्दामध्ये एक सय चार वटा मुद्दा फर्छ्यौट गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ७ : ५९ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी