भारतको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु « Khabarhub

भारतको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – पश्चिमी भारतको महाराष्ट्र राज्यको एक अस्त्र कारखाना भित्र शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भंडारा जिल्लामा रहेको कारखानामा स्थानीय समय अनुसार बिहान १०ः३० बजे विस्फोट भएको हो । स्थिति नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए ।

विस्फोटका कारण कारखानाको छत भत्किँदा मजदुरहरु फसेका थिए ।अधिकारीहरूले भग्नावशेष हटाउन र फसेकाहरूको खोजी गर्न एक्साभेटर ल्याएका छन् । घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ ।

विष्फोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको समाचारमा जनाइएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले विष्फोटप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

“उद्धार टोलीहरू घटनास्थलमा तैनाथ छन् । प्रभावितहरूलाई सहयोग पु¥याउन सबै प्रयासहरू भइरहेका छन्,” सिंहले सामाजिक सञ्जालमा पोस्टमा उल्लेख गरेका छन्

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : २४ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी