सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ : प्रचण्ड « Khabarhub

सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ : प्रचण्ड


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सत्तामा रहँदा गल्ती नगरेको बताएका छन् ।

पार्टीको तुलसीपुर नगर कमिटीको तेस्रो अधिवेशन तथा खबरदारीसभालाई आज सम्बोधन गर्दै उनले नबिराउनु, नडराउनु भन्ने उखानजस्तै माओवादी केन्द्रले कुनै गल्ती नगरेको स्पष्ट पारे ।

आफू प्रधानमन्त्री हुँदा नै अनुसन्धान गर्ने सबै संयन्त्रलाई यदि आफूमा पनि केही गल्ती भेटिए अनुसन्धान गर्नुस्, भनेको बताए । “मैले प्रधानमन्त्री हुँदा नै प्रचण्ड दोषी देखिन्छ भने पनि नछाड्नुस्, भनेको थिएँ”, उनले भने, “प्रधानमन्त्रीको कुर्सीमा बसेर आफैँलाई कारबाही गर्नुस्, भनेर प्रहरीलाई निर्देशन गर्ने पहिलो प्रधानमन्त्री हुँ ।”

उनले लोकतन्त्रमा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको कुनै पनि देशमा नदेखेको टिप्पणी गरे । अध्यक्ष प्रचण्डले २०६४ मा जस्तै मत आगामी निर्वाचनमा प्राप्त भएमा माओवादी पहिलो पार्टी बन्ने बताए ।

उनले भने, “२०६४ यता हाम्रा पनि केही गल्ती भए, ती गल्ती हामी सच्याउँछौँ, अब हामीले २०६४ सालमा जस्तै मत पाए भ्रष्टाचार र सामाजिक विभेद अन्त्य गरी मुलुकलाई आर्थिक विकासतर्फ लैजाने छौँ, यसमा तपाईँले विचार गरिदिनुपर्छ ।”

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : ४४ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि