सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ : प्रचण्ड « Khabarhub

सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ : प्रचण्ड


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सत्तामा रहँदा गल्ती नगरेको बताएका छन् ।

पार्टीको तुलसीपुर नगर कमिटीको तेस्रो अधिवेशन तथा खबरदारीसभालाई आज सम्बोधन गर्दै उनले नबिराउनु, नडराउनु भन्ने उखानजस्तै माओवादी केन्द्रले कुनै गल्ती नगरेको स्पष्ट पारे ।

आफू प्रधानमन्त्री हुँदा नै अनुसन्धान गर्ने सबै संयन्त्रलाई यदि आफूमा पनि केही गल्ती भेटिए अनुसन्धान गर्नुस्, भनेको बताए । “मैले प्रधानमन्त्री हुँदा नै प्रचण्ड दोषी देखिन्छ भने पनि नछाड्नुस्, भनेको थिएँ”, उनले भने, “प्रधानमन्त्रीको कुर्सीमा बसेर आफैँलाई कारबाही गर्नुस्, भनेर प्रहरीलाई निर्देशन गर्ने पहिलो प्रधानमन्त्री हुँ ।”

उनले लोकतन्त्रमा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको कुनै पनि देशमा नदेखेको टिप्पणी गरे । अध्यक्ष प्रचण्डले २०६४ मा जस्तै मत आगामी निर्वाचनमा प्राप्त भएमा माओवादी पहिलो पार्टी बन्ने बताए ।

उनले भने, “२०६४ यता हाम्रा पनि केही गल्ती भए, ती गल्ती हामी सच्याउँछौँ, अब हामीले २०६४ सालमा जस्तै मत पाए भ्रष्टाचार र सामाजिक विभेद अन्त्य गरी मुलुकलाई आर्थिक विकासतर्फ लैजाने छौँ, यसमा तपाईँले विचार गरिदिनुपर्छ ।”

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : ४४ बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा