पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न « Khabarhub

पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ । गत पुस २८ गतेदेखि सुरु भएको नगरसभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मतिले पारित गरी आज नगरसभा सम्पन्न भएको हो ।

सभामा प्रस्तुत सबै विषयहरूलाई सभाको अङ्गका रूपमा आत्मसात गर्दै नगरसभा सम्पन्न गरिएको नगरप्रमुख धनराज आचार्यले जानकारी दिए ।

सभाले भवन नियमित तथा अभिलेखीकरण कार्यविधि (पहिलो संशोधन) २०८१, आर्थिक ऐन संशोधन २०८१, भवन निर्माण तथा पूर्वाधार (पहिलो संशोधन) २०८१, चार तला माथिका भवनहरूको सम्बन्धमा तुलनात्मक अध्ययन प्रतिवेदन तथा कार्यविधि निर्माणका लागि कार्यपालिकालाई दिइने निर्देशनसमेत पारित गरेको छ ।

त्यसैगरी विभिन्न योजना तथा कार्यक्रमको बजेट तथा कार्यक्रम संशोधन, परिमार्जन र रकमान्तरका लागि नगरप्रमुखलाई अधिकार प्रत्यायोजन गर्दै सभाले शिशुवा अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गरेको छ ।

यसअघि कार्यपालिकाको बैठकले निर्णय गरी नगरसभामा पेस गर्नुपर्ने भनी गरेका सम्पूर्ण निर्णय अनुमोदन गरिएको छ । सभाले राजस्व बक्यौता असुली कार्य योजना पारित गर्दै राजस्व बक्यौता असुलीका लागि महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाको संयोजकत्वमा दुुई नगरसभा सदस्यहरू, लेखा समितिका एक जना सदस्य, वित्त व्यवस्थापन महाशाखा प्रमुख, नगर प्रहरीको तर्फबाट एक जना सदस्य रहने गरी राजस्व महाशाखाका प्रमुख सदस्य सचिव रहेको एक समिति गठन गरेको छ ।

महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा हाल साविकको समस्या रहेकाले त्यसको समाधानका लागि सम्बन्धित निकायमा समन्वय गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १० : ३० बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२