श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास « Khabarhub

श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले श्रम-सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधावीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ।

सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, नेपाली राजदूतावास अबुधाबी, नेपाली समाज युएई र गैरआवासीय नेपाली सङ्घ, एनसीसी युएईलगायतका सङ्घ–संस्थाको सहयोगमा उक्त अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो।

अबुधावीदेखि तीन सय किलोमिटर पूर्वमा रहेको उजारेखमा घुम्ति शिविरमार्फत श्रमिक सचेतना तथा राहदानी एवं कन्सुलर कार्यक्रम सञ्चालन गरिएको दूतावासले जनाएको छ। सो शिविरमा तीन सयभन्दा बढी नेपालीलाई नेपाल तथा युएईका विद्यमान श्रम कानूनका विषयमा अद्यावधिक जानकारी गराइएको थियो।

कार्यक्रममा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, नेपाली राजदूतावास, युएईबाटनै पुनः श्रम स्वीकृति उपलब्ध गराउने सम्बन्धी व्यवस्था र वित्तीय साक्षरतालगायतका विविध विषयमा सचेतनामूलक जानकारी प्रदान गरिएको थियो।

उक्त घुम्ति शिविरमा फूजैरहा इमिरेट्स र सोको आसपास रहनुभएका दुई सय १६ जना नेपालीको राहदानी नवीकरण गरिएको दूतावासले विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

युएईमा कार्यरत नेपालीहरुको सङ्ख्या करिब छ लाख रहेको र युएई आउने क्रम निरन्तर बढिरहेको अवस्थामा दूतावासले नेपालीको सेवा र सुविधालाई मध्यनजर गरी उपलब्ध स्रोतसाधनले भ्याएसम्म सेवा प्रदान गर्दै आएको जनाएको छ।

गत आर्थिक वर्षमा यस नियोगबाट ४६ हजार चार सय राहदानी जारी भएकामा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३० हजार नेपालीको राहदानी जारी भइसकेको छ।

राहदानीको म्याद समाप्त भइसकेका, भिसाको म्याद समाप्त भइसकेका र राहदानी हराई समस्यामा परेका व्यक्तिहरुको दूतावासले प्राथमिकताका साथ राहदानी नवीकरण गर्ने गरेको जनाएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ०५ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर