बागमती गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र मछिन्द्र क्लब भिड्दै « Khabarhub

बागमती गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र मछिन्द्र क्लब भिड्दै


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– सातौँ संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मछिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

मकवानपुरको बागमती गाउँपालिका– ४ झुरझुरेस्थित शहीद स्मृति फुटबल रङ्गशालामा दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ गोल अन्तर पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो भने दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै मछिन्द्र क्लब फाइनलमा पुगेको हो ।

मछिन्द्र क्लब अघिल्लो छैटौँ संस्करणको बागमती गोल्डकप प्रतियोगिताको उपाधि विजेता टिम हो । अघिल्लो संस्करणको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै मछिन्द्र क्लबले उपाधि जितेको थियो ।

मछिन्द्र दोस्रो पटक उपाधि रक्षा गर्ने लक्ष्यका रहँदा चर्च ब्वाइज पहिलो पटक उपाधि जित्ने योजनामा छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्रदान गरिने बागमती गाउँपालिका खेलकुद विकास समितिका संयोजक रहरसिंह थिङले जानकारी दिए ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र मोफसलका तीन क्लब गरी १० टिमको सहभागिता रहेको छ । 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ११ : ४९ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६