जलविद्युत् क्षेत्र नेपालको समृद्धिको मेरुदण्ड : प्रवक्ता महत « Khabarhub

जलविद्युत् क्षेत्र नेपालको समृद्धिको मेरुदण्ड : प्रवक्ता महत


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

युएई– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल समृद्ध बन्न सक्छ भन्दै ढिलो चाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। खाडी मुलुकका नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका डा। महतले नेपाली जनसम्पर्क समिति, दुबईको विशेष कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

उनले नेपालको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै केही तत्त्वहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै निराशावादी सोच फैलाउने प्रयास गरिरहेको बताएका छन्।

 ‘केही समूह देशबारे नकारात्मक प्रचारमा लागिपरेका छन्, तर वास्तविकता फरक छ। नेपालमा अपार सम्भावना छ, र यसलाई सही रूपमा उपयोग गर्न सक्ने नेतृत्व आवश्यक छ’ उनले भने ।

उनले नेपालबारे नकारात्मक धारणा चिर्न विदेशमा रहेका नेपाली समुदाय, विशेष गरी जनसम्पर्क समितिका सदस्यहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

प्रवक्ता डा.महतले नेपालले विगतमा धेरै उथलपुथल सामना गरेकाले विकासमा केही अवरोध आएको स्विकार्दै अब भने देश द्रुत गतिमा समृद्धिको दिशामा अघि बढ्ने दाबी गरे।

 ‘हामीले अघिल्लो समयमा जति सङ्घर्ष गरेका छौँ, अब त्यसको प्रतिफल विकास र समृद्धिका रूपमा आउनेछ। राजनीतिक स्थायित्व, सही नीति र योजनासहित अघि बढे नेपाललाई समुन्नत बनाउन सकिन्छ’, उनले जोड दिए।

नेपालको जलविद्युत् क्षेत्र आर्थिक समृद्धिको प्रमुख आधार हुन सक्ने बताउँदै डा। महतले हाल देखिएको हाइड्रो पावरमा लगानीको आकर्षणले नेपाललाई आत्मनिर्भर बनाउन ठूलो मद्दत गर्ने उल्लेख गरे।

  ‘हाम्रो देशमा जलविद्युत् विकास गर्ने पर्याप्त सम्भावना छ। अहिले नेपालले विद्युत् निर्यात गर्ने अवसर पाउँदै गएको छ। यसलाई व्यवस्थित रूपमा अघि बढाउन सके नेपाल छिट्टै आर्थिक रूपमा समृद्ध मुलुक बन्न सक्छ’।ू उनले भने।

उनले नेपालको अर्थतन्त्र अझै पनि वैदेशिक रोजगारमा अत्यधिक निर्भर रहेको बताउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए।

 ‘हामीले अब हाइड्रो पावर, पर्यटन, कृषि र सूचना प्रविधिलाई प्राथमिकता दिएर स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ। युवाहरू विदेश जानुभन्दा नेपालमै बसेर कमाउने वातावरण बनाउनेतर्फ सरकारले पहल गर्नुपर्छ’ उनले भने ।ू उनले भने।

विदेशमा रहेका नेपालीहरूले देशको आर्थिक विकासमा ठूलो भूमिका खेलिरहेको उल्लेख गर्दै, उनले वैदेशिक लगानी भित्र्याउन, नेपालको पर्यटन प्रवर्द्धन गर्न र विदेशमा नेपालको सही पहिचान बनाउन सकिने उपायबारे पनि छलफल गरे।

 ‘विदेशमा बस्ने नेपालीहरूले आ–आफ्नो ठाउँबाट नेपाललाई सहयोग गर्न सक्छन्। हामी सबै मिलेर काम गर्‍यौँ भने नेपाल समृद्ध बन्न धेरै समय लाग्दैन’ उनले भने ।ू महतले भने।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : ५८ बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन