अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ : उपप्रधानमन्त्री सिंह


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

लालबन्दी– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

सर्लाहीको लालबन्दीमा शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्धेश्यीय व्यापारिक भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित व्यापारिक भवनले यो क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे  । 

‘यहाँ जुन भवन बनेको छ यसको लक्ष्य युवाहरूले यहीँ बसेर आफूले उत्पादन गरेको सामाग्री, खाद्यपदार्थ देखि सबै स्थानीय उत्पादनहरूलाई मार्केटिङ गर्नका लागि एउटा स्थानको रूपमा यो भवन रहनेछ,’ भवन उद्घाटनपछि उपप्रधानमन्त्री सिंहले भने, ‘यसले लालबन्दी नगरपालिकालाई मात्र नभएर आजकालको आधुनिक व्यापारिक मोडल छ त्यसलाई युवाहरूले उपयोग गरे संसारभर प्रचारप्रसार गर्न सक्छन् ।’
 
उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित भवन उद्घाटन लगत्तै नगरपालिकालाई हस्तान्तरण गरेका थिए । उपप्रधानमन्त्री सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि गर्नुपर्ने काम शहरी विकास मन्त्रालयले गर्ने भन्दै व्यापारिक भवनको उद्देश्यअनुसार काम अघि बढाउनेतर्फ ध्यान दिन आग्रह गरे ।

‘अर्थतन्त्र चलायमान बनाउन यहाँ भएको गतिविधिले सकारात्मक सन्देश जानेगरि यहाँहरुले काम गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ,’ उपप्रधानमन्त्री सिंहले भने । 

शहरी विकास मन्त्रालय मातहतको संंघीय शहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको भवन ३ तल्लाको छ ।

जसमा भूइँतल्लामा १७ वटा व्यापारिक सटर,पहिलो तल्लामा ३ वटा च्याम्बर कोठा, तेस्रो तल्लमा १ वटा च्याम्बर कोठा र हल, सबै तल्लामा महिला पुरुष शौचालय छ । भवन ५ करोड ४१ लाख ५२ हजार ९ सय ७५ रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ४ : २८ बजे

ढुकुटीको भ्वाङ बढाएका अर्थमन्त्री पौडेल तनावमा, खर्च बढाउन सचिव गुहारे

काठमाडौं – संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका

कांग्रेसमा विचित्र : नेताजति असहमत, निर्णयकर्ता अदृष्य !

काठमाडौं– सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त

कुलमानलाई किन हटाएको ? एमाले नेताका तीनथरी तर्क

काठमाडौं– सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी

हितेन्द्रदेवको तर्क- मैले न्याय पाएँ, अब लोडसेडिङ हुँदैन, चाँडै सकारात्मक नतिजा आउँछ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार