त्रिविसँग नेविसंघले माग्यो- विकृति निर्मूल पार्न गरेका प्रयासको कार्यप्रगति विवरण « Khabarhub

त्रिविसँग नेविसंघले माग्यो- विकृति निर्मूल पार्न गरेका प्रयासको कार्यप्रगति विवरण


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयसँग गुणात्मक रूपान्तरणरसतहमा देखिएका विकृति निर्मूलका लागि गरिएका प्रयासको कार्यप्रगति विवरण माग गरेको छ । 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयसँग गुणात्मक रूपान्तरण तथा सतहमा देखिएका विकृति निर्मूलका लागि गरिएका प्रयासको कार्यप्रगति विवरण माग गरेको छ । 

नेविसंघले सोमबार विश्वविद्यालय पुगेर उपकुलपति प्रा. डा. केशरजङ्ग बरालसँग गुणात्मक रूपान्तरण तथा सतहमा देखिएका विकृति निर्मूलका लागि गरिएका प्रयासको कार्यप्रगति विवरण माग गरेको हो । 

केन्द्रीय कार्यसमितिले गत चैत्र १८ गते उपकुलपति बराललाई बुझाइएको सुझाव पत्र बमोजिम कार्यप्रगति विवरण माग गरेको नेविसंघ प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । 

सुझाव पत्रमा विश्वविद्यालयका उपकुलपतिको चार वर्षे कार्यकालको सोच पत्र र व्यावसायिक कार्ययोजना कार्यान्वयन भए–नभएको विषयमा जवाफ मागिएको उनले बताए । ‘हामीले झण्डै एक वर्ष अघि सुझाएका समस्या र समाधानका उपायहरू आंशिक रूपमा मात्रै कार्यान्वयन भएको पाइयो,’ प्रवक्ता सेजुवालले भने । 

उनले विश्वविद्यालयको गुणात्मक रूपान्तरणका लागि उठाएका मागहरू सम्बोधन नभए विश्वविद्यालयका पदाधिकारीविरुद्ध आन्दोलन गर्ने विषयमा उपकुलपति बराललाई सचेत गराइएको पनि बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : १५ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको