त्रिविसँग नेविसंघले माग्यो- विकृति निर्मूल पार्न गरेका प्रयासको कार्यप्रगति विवरण « Khabarhub

त्रिविसँग नेविसंघले माग्यो- विकृति निर्मूल पार्न गरेका प्रयासको कार्यप्रगति विवरण


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयसँग गुणात्मक रूपान्तरणरसतहमा देखिएका विकृति निर्मूलका लागि गरिएका प्रयासको कार्यप्रगति विवरण माग गरेको छ । 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयसँग गुणात्मक रूपान्तरण तथा सतहमा देखिएका विकृति निर्मूलका लागि गरिएका प्रयासको कार्यप्रगति विवरण माग गरेको छ । 

नेविसंघले सोमबार विश्वविद्यालय पुगेर उपकुलपति प्रा. डा. केशरजङ्ग बरालसँग गुणात्मक रूपान्तरण तथा सतहमा देखिएका विकृति निर्मूलका लागि गरिएका प्रयासको कार्यप्रगति विवरण माग गरेको हो । 

केन्द्रीय कार्यसमितिले गत चैत्र १८ गते उपकुलपति बराललाई बुझाइएको सुझाव पत्र बमोजिम कार्यप्रगति विवरण माग गरेको नेविसंघ प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । 

सुझाव पत्रमा विश्वविद्यालयका उपकुलपतिको चार वर्षे कार्यकालको सोच पत्र र व्यावसायिक कार्ययोजना कार्यान्वयन भए–नभएको विषयमा जवाफ मागिएको उनले बताए । ‘हामीले झण्डै एक वर्ष अघि सुझाएका समस्या र समाधानका उपायहरू आंशिक रूपमा मात्रै कार्यान्वयन भएको पाइयो,’ प्रवक्ता सेजुवालले भने । 

उनले विश्वविद्यालयको गुणात्मक रूपान्तरणका लागि उठाएका मागहरू सम्बोधन नभए विश्वविद्यालयका पदाधिकारीविरुद्ध आन्दोलन गर्ने विषयमा उपकुलपति बराललाई सचेत गराइएको पनि बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : १५ बजे

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर