उत्पीडित समुदायको अधिकार रक्षाका लागि संघर्षको नेतृत्व गर्छौं : प्रचण्ड  « Khabarhub

उत्पीडित समुदायको अधिकार रक्षाका लागि संघर्षको नेतृत्व गर्छौं : प्रचण्ड 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाह्रदशी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले संघर्षमार्फत प्राप्त गरेका राजनीतिकको रक्षा र कार्यान्वयनका लागि आफ्नो पार्टीले उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने बताएका छन् । 

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

हिजो वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनका विरुद्ध गरिएको महान् जनयुद्धका कारण आज नेपाल समावेशी अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्राप्त अधिकारको रक्षा र कार्यान्वयनका लागि आम उत्पीडित वर्ग फेरि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए।

जनताले प्राप्त गरेका अधिकार प्रयोग गर्न नपाएको बरु विभिन्न शक्तिबाट खोस्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसमा सचेत गराउँदै जनतालाई पुनः एकताबद्ध भएर अघि बढ्नका लागि आह्वान  गर्न पार्टीले जनतासँग माओवादी जागरण अभियान अघि बढाएको बताएका छन् । 

पूर्वी दक्षिण क्षेत्रको उत्पीडित समुदाय राजवंशीको बसोबास रहेको कोच क्षेत्रबाट अभियान सुरु गरेर पश्चिम दक्षिण क्षेत्रको थारु सघन वस्ती कञ्चनपुरमा अभियान समापन गरिने जानकारी दिँदै उनले यसले पार्टीलाई आफ्नो वर्ग र समुदायमा फर्काउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

यो अभियान जनतासँगको अन्तरसंवादको अभियान भएको उल्लेख गर्दै उनले सबैभन्दा दक्षिण क्षेत्रमा रहेका जनताको समस्या सुन्ने, प्राकृतिक स्रोत साधनको सम्भाव्यताको खोजी गर्दै तत्काल गर्न सकिने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रूपमा गर्न सकिने कामलाई योजनाबद्व रूपमा अघि बढाउने बताए।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : १४ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६