सरकारले केबलकार निर्माण रोकेर आन्दोलनरत पक्षलाई वार्तामा बोलायो  « Khabarhub

सरकारले केबलकार निर्माण रोकेर आन्दोलनरत पक्षलाई वार्तामा बोलायो 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकारबारे सिर्जित विवाद समाधान गर्न सरकारले फेरि आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । केबलकारको निर्माण कार्य हाललाई स्थगित गरेर सरकारले वार्तामा बोलाएको हो । 

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको हो । बिहीबार पाथीभरा केबलकारको बेस स्टेसन काफ्ले पाटीमा सुरक्षाकर्मी र आन्दोलितबिच हिंसात्मक झडप भएको थियो । त्यसपछि त्यहाँको स्थिति सामान्य हुन सकेको छैन । 

यसअघि गत माघ २० गते गठित वार्ता टोलीका संयोजक एवम् गृह मन्त्रालयका सह सचिव प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलित पक्षलाई वार्तामा आउन अपिल गरिएको छ । 

 विज्ञप्तिमा भनिएको छ

ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबीच मिति २०८१ माघ २२ गते देखी निरन्तर रूपमा वार्ता एवं संवाद भई रहेको ब्यहोरा सबैमा विदितै छ । आन्दोलनरत पक्षवाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउनुहुन हार्दिक अपिल गर्दछु ।’

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ५३ बजे

अमेरिका–इरान सम्झौता ‘धेरै नजिक’

वाशिङ्टन डीसी- अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव अन्त्यका लागि

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार