थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन « Khabarhub

थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – थाइल्याण्डका पूर्व प्रधानमन्त्री थानिन क्राइभिचियनको ९७ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै उनको निधनको जानकारी दिएको हो ।

सन् १९७६ मा राजा भूमिबोल अदुल्यादेजले थानिनलाई थाइल्याण्डको १४औं प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री पद त्यागेपछि, थानिनलाई राजाको सल्लाहकार परिषद्मा नियुक्त गरिएको थियो, जहाँ उनले लगभग चालीस वर्ष सेवा गरेका थिए ।

१९७० को दशकमा क्रिभिचियान कट्टर कम्युनिस्ट विरोधी नेताको रूपमा चिनिएका थिए । सन् १९७६ मा भएको सैन्य विद्रोहपछि उनले देशको प्रधानमन्त्रीको पद ग्रहण गरे । यद्यपि, एक वर्ष पछि दोस्रो पटक भएको कूमा उनलाई पदच्युत गरिएको थियो ।

प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राले सामाजिक सञ्जाल पोस्ट मार्फत थानिनको मृत्युमा समवेदना व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : ५५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार