सनसनीपूर्ण खेलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा « Khabarhub

सनसनीपूर्ण खेलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा


१० चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ५-४ ले हराउँदै स्पेन युरोपेली नेसन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको क्वार्टरफाइनलको दोस्रो लेग पनि ३-३ गोलको बराबरीमा सकिएको हो। सो खेलको नियमित समय २-२ गोलको बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा पनि १-१ गोल भएको थियो।

सो खेलमा नेदरल्यान्ड्सका स्टार नोहा लाङ तथा स्पेनका लामिन यमाल दुवैले पनोल्टी खेर फालेका थिए। सडन डेथमा स्पेनका गोलरक्षक युनाइ सिमोनले नेदरल्यान्ड्सका डानियल मेलोनको प्रहार बचाए भने स्पेनका पेड्रीले गोल गरे।

नियमित समयमा माइकल ओयरजबालको दुई गोलमा स्पेनले दुई पटक नै अग्रता लिएको थियो।

नेदरल्यान्ड्सका लागि मेम्फिस डेप्लेले पेनाल्टीमा पहिलो गोल गरे भने इयान माटेसेनले ८१ औँ मिनेटमा बराबरी गोल गरे।
अतिरिक्त समयमा यमालले फेरि स्पेनलाई अग्रता दिलाए पनि जाभी सिमोन्सले नेदल्यान्ड्सका लागि गोल गरेका थिए।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ९ : ०५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का