सनसनीपूर्ण खेलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा « Khabarhub

सनसनीपूर्ण खेलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ५-४ ले हराउँदै स्पेन युरोपेली नेसन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको क्वार्टरफाइनलको दोस्रो लेग पनि ३-३ गोलको बराबरीमा सकिएको हो। सो खेलको नियमित समय २-२ गोलको बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा पनि १-१ गोल भएको थियो।

सो खेलमा नेदरल्यान्ड्सका स्टार नोहा लाङ तथा स्पेनका लामिन यमाल दुवैले पनोल्टी खेर फालेका थिए। सडन डेथमा स्पेनका गोलरक्षक युनाइ सिमोनले नेदरल्यान्ड्सका डानियल मेलोनको प्रहार बचाए भने स्पेनका पेड्रीले गोल गरे।

नियमित समयमा माइकल ओयरजबालको दुई गोलमा स्पेनले दुई पटक नै अग्रता लिएको थियो।

नेदरल्यान्ड्सका लागि मेम्फिस डेप्लेले पेनाल्टीमा पहिलो गोल गरे भने इयान माटेसेनले ८१ औँ मिनेटमा बराबरी गोल गरे।
अतिरिक्त समयमा यमालले फेरि स्पेनलाई अग्रता दिलाए पनि जाभी सिमोन्सले नेदल्यान्ड्सका लागि गोल गरेका थिए।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : ०५ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो