रोनाल्डोको पेनाल्टी मिस : पोर्चुगल सेमिफाइनलमा « Khabarhub

रोनाल्डोको पेनाल्टी मिस : पोर्चुगल सेमिफाइनलमा


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुका साथै पेनाल्टी गुमाएको खेलमा डेनमार्कलाई हराउँदै पोर्चुगल युरोपेली नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

घरेलु भूमिमा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगल ३-२ ले विजयी भएपछि एग्रिगेट स्कोर ३-३ भएको थियो। पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो।

बराबरी पछि थपिएको समयमा पहिलो मिनेटमा नै फ्रान्सिस्को ट्रिन्काओले पोर्चुगलका लागि गोल गरे। वैकल्पिक खेलाडी गोन्कालो रामोसले अर्को गोल गरे।

खेलको सुरुवातमा नै पोर्चुगलले पेनाल्टी पाएको थियो। डेनमार्कका गोलरक्षक कास्पर स्केइमेलले रोनाल्डोको पेनाल्टी प्रहार बचाउन सफल भए। ३८ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नर क्लियर गर्ने क्रममा डेनमार्कका रक्षक जोचिम एन्डरसनले आफ्नै पोस्टमा प्रहार गरे।
५६ औँ मिनेटमा रामोस क्रिस्टेन्सनले डेनमार्कका लागि गोल गरे।

खेलको ७२ औँ मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि अर्को गोल गरेका थिए। त्यसको चार मिनेटपछि नै क्रिस्चियन इरिक्सनले गोल गरेपछि डेनमार्क एग्रिगेटमा फेरी अघि बढेको थियो। ट्रिन्काओले ८६ औँ मिनेटमा डेनमार्कका लागि गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेलेका थिए।

पोर्चुगलले सेमिफाइनलमा जर्मनीको सामना गर्नेछ। इटालीलाई एग्रिगेटमा ५-४ ले हराउँदै जर्मनी सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : १४ बजे

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक