दोलखाका अधिकांश अस्पतालमा छैनन् आईसीयु वार्ड, बिरामी काठमाडौं पुग्नुपर्ने बाध्यता  | Khabarhub Khabarhub

दोलखाका अधिकांश अस्पतालमा छैनन् आईसीयु वार्ड, बिरामी काठमाडौं पुग्नुपर्ने बाध्यता 


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

दोलखा– शनिबार दिउँसो दोलखामा भयानक मोटरसाइकल दुर्घटना भयो । उक्त दुर्घटनामा वाइसीएल दोलखाका अध्यक्षसहित दुई जना सख्त घाइते हुन पुगे ।

उनीहरू दुई मध्ये वाइसीएल अध्यक्ष विनोद तामाङलाई तत्काल आइसीयु राख्नुपर्ने दोलखास्थित धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीहरुले बताउँदै उनको प्राथमिक उपचार सुरु गरे।

दोलखाका कुनै अस्पतालमा आइसीयुको सुविधा नहुँदा तामाङका आफन्त छटपटाउँदै गम्भीर घाइतेको उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारीमा लागे । घाइते तामाङको नाक तथा मुखबाट अत्यधिक रगत बगिरहेको थियो ।

तत्कालै प्रेस संगठन दोलखाका अध्यक्षसमेत रहेका पत्रकार अविरल बस्नेतले काठमाडौंमा फोन घुमाउन लागे र हेलिकप्टर मगाए ।

पछि उनको हेलिकप्टर मार्फत दोलखा अस्पताल धुलिखेलले उनलाई काठमाडौं रिफर गर्‍यो ।

उनको अहिले काठमाडौं स्थित अन्नपूर्ण न्युरोड अस्पताल उपचार भइरहेको छ । पछि तामाङसँगै घाइते भएका अर्को व्यक्तिलाई पनि दोलखामा उपचार सम्भव नभएपछि धुलिखेल अस्पतालले एम्बुलेन्समा अर्को घाइतेलाई पनि काठमाडौं रिफर गर्‍यो ।

यदि दोलखामै आइसियु युक्त अस्पताल हुने हो भने,जिल्लाका नागरिकले सहज रूपमा उपचार पाउने धुलिखेल अस्पतालमा दमको उपचार गरिरहेका कालिन्चोक गाउँपालिका स्थानीय विर्ध्वज थामीले सुनाए । 

थामी भन्छन्, ‘सामान्य रोग बाहेक अन्य जटिल रोगको अप्रेसन उपचार गर्न काठमाडौं नै पुग्नु पर्छ । हुनेखाने,पैसा भएकाहरूले त हेलिकप्टर बोलाएर तत्काल काठमाडौं पुग्छ तर हामीजस्तै दिन दुखिले कसरी हेलिकप्टर बोलाउनु उपचार खर्च भन्दा महँगो हेलिकप्टरको भाडा हुन्छ।’

दोलखा सदरमुकाम चरिकोटसहित जिल्लामा च्याउसरि  अस्पताल तथा मेडिकल खुलेका छन् । तर कुनै पनि अस्पतालमा गम्भीर रोगको उपचार,शल्यक्रिया गर्न स्रोतसाधन अभावले यहाँ उपचार सम्भव छैन भन्दै काठमाडौंमै रिफर गर्ने गरेका छन् । 

दोलखा सदरमुकाम चरिकोट रहेको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पताल पनि आईसियुको सुविधा छैन।कोरोना संक्रमणकालमा केही अस्पतालले आईसीयु वार्ड सञ्चालन गरे पनि हिजोआज ती अस्पतालमा पनि आईसियुको सुविधा नरहेको पाइएको हो।उक्त सुविधा नहुँदा जिल्लाबाट  दैनिक दर्जन बढी बिरामी काठमाडौं रिफर हुन्छन् ।

जिल्लामा गतिलो र सुविधा सम्पन्न अस्पताल नहुँदा धुलिखेल र काठमाडौंका अस्पतालमा महँगो यातायात खर्च सहित उपचार गर्नुपर्ने बाध्यता रहँदै आएको छ।जिल्लामा गाउँदेखि सहरमा रहेका अस्पतालमा उपचार गर्न जाँदा बिरामीले चाहे जस्तो सुविधा सँगै उपचार पाउन मुस्किल छ ।

सामान्य रोग निमोनिया,दम,उच्च रक्तस्राव, सिएसलगायतको उपचारमासमेत कतिपय बिरामी काब्रेको धुलिखेल पुग्ने गरेका छन् ।

धुलिखेल अस्पतालको शाखा अस्पताल दोलखामा शिशुको लागि आईसीयु वार्ड भए पनि अन्यको लागि भने यहाँ पनि आईसीयु छैन ।

जिल्लामा वर्षौंदेखि आईसियु र भेन्टिलेटर अभाव भएको छ । निमोनिया सहित अक्सिजनको मात्रा कम हुँदै गएका बिरामीहरूका लागि आईसियु बेड आवश्यक भए पनि उपलब्ध हुन सकेको छैन ।

अस्पतालमा भर्ना भएका विभिन्न रोग संक्रमित बिरामीहरूलाई अस्पताल आफैले आईसियु खोजेर बिरामी लैजानु भन्न थालेको बिरामीका आफन्तले बताए । 

‘संक्रमण भई अक्सिजनको मात्रा घट्दै गए पछि कतिपय बिरामीको जिल्लाका अस्पतालमै ज्यान समेत जाने गरेको छ ।

अस्पताल खोल्न लाखौँ लगानी गर्ने व्यवसायी तथा राज्यले आईसियु युक्त अस्पताल निर्माणमा भने खासै चासो नदिएको पाइन्छ । -सुबास बस्नेत

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १२ : १० बजे

रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना

काठमाडौँ- गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु

प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बाबुरामको समर्थन

काठमाडौं– अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई डा. बाबुराम भट्टराईले समर्थन

नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

काठमाडौं– गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन हुन थालेका छन्

जितिया पर्वको तयारीमा मिथिलानी

महोत्तरी– राजनीतिक घटनाक्रमले असजिलो बनेको परिवेशबीच नै सन्तानवती मिथिलानी (मिथिलाका

काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं– काठमाडौं उपत्यकाको जनजीवन सामान्यतर्फ उन्मुख बन्दै गएको छ । निषेधाज्ञा तथा