अन्तर्राष्ट्रिय क्षयरोग दिवस : २०५० सम्ममा क्षयरोग मुक्त नेपाल बनाउने लक्ष्य « Khabarhub

अन्तर्राष्ट्रिय क्षयरोग दिवस : २०५० सम्ममा क्षयरोग मुक्त नेपाल बनाउने लक्ष्य


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्षयरोग दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । 

अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले देशैभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले जानकारी दिए ।

नेपालमा क्षयरोग उपचार सफलता दर ९२ प्रतिशत रहेको र नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको तिवारीले बताए । 

करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन नसकिएको उनको भनाइ छ ।

उनले क्षयरोग लागेका बिरामीलाई निःशुल्क उपचार हुने र औषधी सेवन गरिरहेका व्यक्तिबाट अन्य व्यक्तिमा क्षयरोग सर्ने सम्भावना नहुने पनि जानकारी दिए ।  

सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ केन्द्र अग्रसर रहेको केन्द्रले जनाएको छ । 

हरेक वर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १२ : ३७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको