क्षयरोग न्यूनीकरण गर्न प्रभावकारी ढंगले अघि बढ्न जरुरी : मन्त्री पौडेल  « Khabarhub

क्षयरोग न्यूनीकरण गर्न प्रभावकारी ढंगले अघि बढ्न जरुरी : मन्त्री पौडेल 


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोग न्यूनीकरण गर्न सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरू बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताए । 

उनले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्बन गर्न जरुरी रहेको बताए । खर्च गर्ने तर शतप्रतिशत उपलब्धि हासिल नभइरहेको अवस्था रहेको भन्दै शतप्रतिशत उपलब्धि हासिल गर्नेगरी नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरू उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाए । 

‘अहिलेसम्मको प्राथमिकता बदलेर हामीले नयाँ ढंगबाट, प्रभावकारी ढंगबाट जाने स्थिति बनाउनु पर्छ । खुला सीमानाका कारणले पनि समस्या भएको छ । त्यसमा पनि हामीले मित्रराष्ट्रसँग सहकार्य गर्ने र निदान गर्ने साझा नीति अवलम्बन गर्नुपर्छ‚’ मन्त्री पौडेलले भने, ‘खर्च भइरहेको छ । शतप्रतिशत उपलब्धि हासिल गर्नेगरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक छ । टिबी फ्रि पालिका घोषणा गर्नेगरी हामीले १४९ लाई तोकेका छौँ । पहिलो १४९ मा पूर्ण परिणाम प्राप्त गर्न धेरै सजिलो छैन । बाँकीलाई कसरी अघि लैजाने यसमा स्पष्ट नीति बन्नुपर्छ ।’

मन्त्री पौडेलले क्षयरोगी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगी खोज्नुपर्ने बताए । क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ३ : २५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको