वीरेन्द्रनगरमा एक सय ४३ क्षयरोगका बिरामी भेटिए  « Khabarhub

वीरेन्द्रनगरमा एक सय ४३ क्षयरोगका बिरामी भेटिए 


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा चालू आर्थिक वर्षमा एक सय ४३ क्षयरोगका बिरामी भेटिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको क्षयरोग दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा चालू आर्थिक वर्षको फागुनसम्म एक सय ४३ बिरामी भेटिएको जानकारी दिइएको हो । 

‘हो हामी क्षयरोग अन्त्य गर्ने सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता’ भन्ने नाराका साथ वीरेन्द्रनगर नगरपालिकाले क्षयरोग दिवस मनाएको छ । 

अघिल्लो वर्ष दुई ५० बिरामी भेटिएका उनीहरूलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले बताए । 

‘क्षयरोग नियन्त्रणका लागि नगरपालिकाले जाँच तथा शिविरहरू चलाउँदै आएको छ,’ उनले भने, ‘बिरामी भेटिएमा स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गर्ने गरेका छौं ।’

सुर्खेतमा वीरेन्द्रनगरमा पछिल्लो चरणमा बढ्दो शहरीकरणलाई ध्यानमा राखेर अहिले काम गरिरहेको नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।

 ‘क्षयरोग लगाएतका अन्य स्वास्थ्य क्षेत्रमा निरन्तर काम गरिरहेका छौं,’ उनले भने, ‘यहाँ शहरीकरण बढ्दो क्रममा रहेका कारणले स्थायी र अस्थायी बसोबास गर्नेलाई ध्यान राखेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छौं ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ०४ बजे

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो