वीरेन्द्रनगरमा एक सय ४३ क्षयरोगका बिरामी भेटिए  « Khabarhub

वीरेन्द्रनगरमा एक सय ४३ क्षयरोगका बिरामी भेटिए 


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा चालू आर्थिक वर्षमा एक सय ४३ क्षयरोगका बिरामी भेटिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको क्षयरोग दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा चालू आर्थिक वर्षको फागुनसम्म एक सय ४३ बिरामी भेटिएको जानकारी दिइएको हो । 

‘हो हामी क्षयरोग अन्त्य गर्ने सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता’ भन्ने नाराका साथ वीरेन्द्रनगर नगरपालिकाले क्षयरोग दिवस मनाएको छ । 

अघिल्लो वर्ष दुई ५० बिरामी भेटिएका उनीहरूलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले बताए । 

‘क्षयरोग नियन्त्रणका लागि नगरपालिकाले जाँच तथा शिविरहरू चलाउँदै आएको छ,’ उनले भने, ‘बिरामी भेटिएमा स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गर्ने गरेका छौं ।’

सुर्खेतमा वीरेन्द्रनगरमा पछिल्लो चरणमा बढ्दो शहरीकरणलाई ध्यानमा राखेर अहिले काम गरिरहेको नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।

 ‘क्षयरोग लगाएतका अन्य स्वास्थ्य क्षेत्रमा निरन्तर काम गरिरहेका छौं,’ उनले भने, ‘यहाँ शहरीकरण बढ्दो क्रममा रहेका कारणले स्थायी र अस्थायी बसोबास गर्नेलाई ध्यान राखेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छौं ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ०४ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा