जातीय विभेद आरोपमा अछाममा दुई जना पक्राउ « Khabarhub

जातीय विभेद आरोपमा अछाममा दुई जना पक्राउ


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 
अछाम– अछामबाट जातीय विभेदको आरोपमा प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ। पञ्चदेवल विनायक नगरपालिका-४ का रमेशबहादुर शाही र देवेन्द्र शाहीलाई स्थानीय दिनेश नेपालीको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।

समातिएकाहरूलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप भएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। निवेदक नेपालीले आफूमाथि पक्राउ परेकाहरू र स्थानीय बखत शाहीलगायतले दलित भएकै कारण हातपात र दुर्व्यवहार गरेको आरोप लगाएका थिए। 

नेपालीका अनुसार उनी अछाम जिल्ला अदालतमा चलिरहेको एउटा मुद्दामा साक्षी बसेका थिए । आरोपितले दलितले साक्षी बस्न नपाउने भनी धम्की दिँदै आएका छन् ।

ज्यान मुद्दाका साक्षी दिनेशलाई आरोपितले अछाम जिल्ला अदालत परिसरमा हातपात गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ। बखत शाही, गणेश शाहीलगायतलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितको गुनासो छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ६ : २१ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्