निर्वाचन निषेध गरिएको प्रेस चौतारी अध्यक्षमा पाण्डे, महासचिवमा लामा दोहोरिए « Khabarhub

निर्वाचन निषेध गरिएको प्रेस चौतारी अध्यक्षमा पाण्डे, महासचिवमा लामा दोहोरिए


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा निवर्तमान उपाध्यक्ष गणेश पाण्डेकाे नाम घोषणा गरिएको छ ।

विराटनगरमा जारी महाधिवेशनका क्रममा प्रतिस्पर्धामा जान नदिई नयाँ नेतृत्व घोषणा गरिएको हो । चौतारीको महासचिवमा हिरामान लामा दोहोरिएका छन् । उपाध्यक्षमा चेतन अधिकारी आएका छन् । महिला उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट आएकी कृपा भण्डारीलाई बनाइएको छ ।

निवर्तमान अध्यक्ष गणेश बस्नेतले ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका हुन् । निवर्तमान उपाध्यक्ष राजेश राईसहितलाई निर्वाचनमा जान निषेध गर्दै एमालेले चौतारीको नेतृत्व टीके प्रथामा गएर चयन गरेको हो ।

याे पनि…

राजेश राईले चौतारीको महाधिवेशन हल छोड्दा प्रतिनिधिहरूको रूवाबासी

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ८ : ३४ बजे

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको