ज्ञानेन्द्र शाहीको आरोप : कुलमानसँग प्रचण्डले टीआरसी साटे « Khabarhub

ज्ञानेन्द्र शाहीको आरोप : कुलमानसँग प्रचण्डले टीआरसी साटे


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारले कुलमान घिसिङलाई हटाएर माओवादीलाई उन्मुक्ति दिने खेल गरेको आरोप लगाएका छन्।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सांसद शाहीले तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा भएको गोप्य बैठकमा यस्तो सहमति भएको दाबी गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत ब्यंग्य गर्दै भनेका छन, ‘कमरेड प्रचण्ड सार्है नै बाठो छ्न्, टीआरसीसगँ कुलमान पो साटेछन’

उनी अगाडी लेख्छन्, ‘आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुँबहु पास गराउने सहमती पो भएछ। बधाई छ, कमरेड प्रचण्ड ।’

मन्त्रीपरिषद बैठक अघि प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष ७ जनाको बैठक बसेको थियो । जसले संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउनका लागि ‘सर्च कमिटी’ बनाउने सहमति गर्दै नयाँ सिफारिस समिति तत्काल बनाएर प्रकिया अघि बढाउने निर्णय गरेको थियो ।

सो बैठक लगत्तै बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाइ पदमुक्त गर्ने निर्णय लिएको हो । घिसिङको स्थानमा हितेन्द्र शाक्य नियुक्त भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १० : ५३ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।