भारत र फ्रान्सले गरे संयुक्त नौसैनिक अभ्यास « Khabarhub

भारत र फ्रान्सले गरे संयुक्त नौसैनिक अभ्यास


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारत र फ्रान्सले संयुक्त नौसैनिक अभ्यास सञ्चालन गरेका छन् । यी दुई मुलुकका नौसेनाले अरब सागरमा अभ्यास गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार अभ्यासलाई ‘वरुण २०२५’ नाम दिइएको छ । यी दुई मुलुकबीच सन् २००१ देखि वरुण नौसैनिक अभ्यास सञ्चालन हुँदै आएको छ । अभ्यासमा भारतले लडाकु विमान वाहक आईएनएस विक्रान्त युद्धपोत र फ्रान्सले आणविक ऊर्जाबाट सञ्चालन हुने लडाकु विमानवाहक युद्धपोत सार्ल दे गोल परिचालन गरेको जनाइएको छ ।

यस अभ्यासले दुई मुलुकबीच रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । अभ्यासमा सहभागी नौसैनिकहरुले पनडुब्बी प्रतिरोधी युद्धकार्य र आपसी सैन्य सहयोगसम्बन्धी प्रशिक्षण पनि लिएको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १ : १६ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका