रोहितको ब्याट चल्दा मुम्बईको लगातार चौथो जित : पुग्यो तालिकाको तेस्रो स्थानमा « Khabarhub

रोहितको ब्याट चल्दा मुम्बईको लगातार चौथो जित : पुग्यो तालिकाको तेस्रो स्थानमा


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार चौथो जित हात पारेको मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

मुम्बईले बुधबार भएको खेलमा सन राइजर्स हैदरावादालाई सात विकेटले हरायो। हैदरावादले दिएको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १४६ रन जोड्दै पूरा गरेको हो।

मुम्बईको जितमा रोहित शर्माले ७० रन जोडे। ४६ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे। सूर्यकुमार यादवले १९ बलमा अविजित ४० रनको योगदान गरे। उनले पाँच चौका र दुई छक्का हिर्काए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावाद आठ विकेटको क्षतिमा १४३ रनमा सीमित भएको थियो। १३ रनमा चौथो तथा ३५ रनमा पाँचौँ विकेट गुमाएको हैदरावाका लागि हेन्रिक क्लासेन र अभिनव मनोहरले छैटौँ विकेटका लागि ९९ रनको साझेदार गरेका थिए।

क्लासेनले ४४ बलमा ७१ रन जोडे भने मनोहरले धिमा गतिमा खेल्दै ३७ बलमा ४३ रन बनाए। यीबाहेक अनिकेत बर्मा १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्।

मुम्बईका लागि ट्रेन्ट बोल्टले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए। उनी प्लेयर अफ द म्याच बने। दीपक चाहरले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए। मुम्बईको ९ खेलमा १० अङ्क छ।

यसैगरी हैदरावाद ९ खेलमा ४ अङ्क सहित नवौँ स्थानमा छ।यो हारसँगै हैदरावाद प्रतियोगितबाट बाहिरिने अवस्थामा पुगेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ५ : २९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना